काठमाडौँ। भारतको पूर्वी राज्य ओडिसामा बिहीबार एक धार्मिक कार्यक्रमका क्रममा भागदौड मच्चिँदा धेरै व्यक्ति घाइते भएका छन् ।
ओडिसाको पुरी क्षेत्रमा आयोजित वार्षिक धार्मिक उत्सवमा ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति रहेका बेला सो दुर्घटना भएको हो ।
अत्यधिक भीडका कारण स्थिति नियन्त्रणबाहिर गई भागदौड मच्चिएको बताइएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैका विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ ।
घटनाको विस्तृत विवरण र घाइतेहरूको यकिन संख्या भने हालसम्म प्राप्त भइसकेको छैन । स्थानीय प्रशासनले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल











