३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए



अ+ अ-

काठमाडौँ। पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षा फौजले सञ्चालन गरेको विशेष कारबाहीमा २४ जना लडाकु मारिएका छन् ।

पाकिस्तानी सेनाको सञ्चार शाखा ‘इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स’ (आईएसपीआर) ले शुक्रवार जारी गरेको विज्ञप्तिअनुसार विगत २४ घण्टामा भएका विभिन्न गुप्तचरीमा आधारित अपरेसनका क्रममा ती लडाकुहरू मारिएका हुन् ।

प्रतिवन्धित संगठन ‘तहरीक–ए–तालिबान पाकिस्तान’ (टीटीपी) ले पछिल्लो समय प्रहरी कर्मचारीहरूलाई लक्षित गरी आक्रमण तिब्र पारेपछि सुरक्षा फौजले उक्त क्षेत्रमा व्यापक खोजी तथा कारबाही अभियान शुरु गरेको हो ।

सेनाकाअनुसार मारिएका लडाकुहरू सुरक्षाकर्मी र सर्वसाधारणको ज्यान जाने गरी भएका विभिन्न आतंकवादी गतिविधि र आक्रमणहरूमा संलग्न रहँदै आएका थिए । कारबाहीका क्रममा सुरक्षा फौजले ठूलो परिमाणमा हतियार तथा विष्फोटक पदार्थ समेत बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

आईएसपीआरले उक्त क्षेत्रमा बाँकी रहेका लडाकुहरूलाई निमिट्यान्न पार्न र हालैका आक्रमणका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन सुरक्षा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल