२ श्रावण २०८३, शनिबार
,
Latest
शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का



अ+ अ-

काठमाडौँ। चीनको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने चोङकिङ महानगरपालिकामा भीषण पहिरो जाँदा ठूलो भौतिक क्षति भएको छ ।

प्राकृतिक विपद्का कारण स्थानीय घरहरू पुरिएका छन् भने ती घरभित्र रहेका मानिसहरू फसिरहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षा र भौगोलिक जोखिमका कारण पहाडी क्षेत्रबाट खसेको पहिरोले बस्तीमा ठूलो असर पु¥याएको हो ।

पहिरोका कारण कति घर पुरिएका छन् र कति मानिस बेपत्ता छन् भन्नेबारे यकिन तथ्याङ्क आउन बाँकी रहे तापनि उद्धारकर्मीहरूले निकै चुनौतीपूर्ण अवस्थामा खोजी कार्य जारी राखेका छन् ।

घटनास्थलमा स्थानीय सरकारले सुरक्षाकर्मी, दमकल र आपत्कालीन चिकित्सा टोली परिचालन गरेको छ । पहिरो प्रभावित क्षेत्रमा यातायात र सञ्चार सम्पर्क समेत अवरुद्ध भएको बताइएको छ ।

उद्धार टोलीले भग्नावशेषमा फसेका मानिसहरूलाई निकाल्न आधुनिक उपकरणहरूको प्रयोग गरिरहेको छ, यद्यपि प्रतिकूल मौसम र थप पहिरो खस्न सक्ने जोखिमका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको समाचार एजेन्सीहरूले जनाएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल