१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

कुखुराजन्य उत्पादनको खपत बढ्न थाल्यो

कुखुराजन्य उत्पादनको खपत बढ्न थाल्यो
अ अ+ अ-

चितवन। बर्डफ्लूको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादनको खपत बढ्न थालेको छ । देशका विभिन्न ठाउँमा बर्डफ्लू देखिएपछि खपत घटेको थियो । यससँगै घटेको मूल्यसमेत बढ्न थालेको छ ।

बर्डफ्लूका कारण मासुको खपतमा गिरावट आएको थियो । अण्डामा कम प्रभाव परेको भन्दै पूर्ववत् अवस्थामा फर्किन थालेको किसान बताएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत पूर्ववत् अवस्थामा आउन थालेको बताउनुभयो । उहाँका अनुसार दैनिक आठ लाख किलो हाराहारी मासु खपत हुने गरेकामा घटेर छ लाख किलोमा झरेको थियो । अहिले पुनःबढ्ने क्रम सुरु भएको छ ।

लामिछानेका अनुसार चल्ला नबिकेर तीन पटकको ह्याच नष्ट गरिएको थियो । ह्याचरी उद्योगहरूले एक हप्तामा दुई ह्याच चल्ला उत्पादन गर्दछन् । ब्रोइलरको प्रतिगोटा रु ९० मा बिक्री भएको चल्ला रु २५ मा बिक्री गर्नुपर्ने बाध्यता थियो । अहिले बढेर रु ४० पुगेको उहाँले जानकारी दिनुभयो ।

ब्रोइलर जिउँदो कुखुरा प्रतिकिलो रु २५० बाट झरेर रु १४० मा आइपुगेको थियो । अहिले बढेर प्रतिकिलो रु १९० पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बर्डफ्लूका कारण परेको प्रभाव न्यून हुँदै गएको छ ।”

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्डफ्लूका कारण घटेर २८ लाख हाराहारीमा झरेको बताउनुभयो । जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको रु ५५० मा बिक्री भएकामा मूल्य झरेर रु ४५० मा आइपुगेको थियो ।

एक क्रेट अण्डाको लागत मूल्य रु ५७३ दशमलव ६० पर्न आउँछ । प्रतिगोटा रु १९ दशमलव १२ पर्न आउँछ । अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उहाँले बताउनुभयो । व्यवसायीहरूको एकताका कारण ठूलो सङ्कटबाट मुक्त हुने अवस्थामा गएको भन्दै उहाँले प्रभावितहरुलाई राज्यले हेर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा विजयकुमार श्रेष्ठले राम्रोसँग पकाएर खाँदा अण्डा र मासुमा कुनै असर नपर्ने भन्ने सन्देश सबैले पाउन थालेपछि मासु र अण्डाको खपत बढ्न थालेको बताउनुभयो । चितवनमा दुई महिनायता बर्डफ्लू देखिएको छैन । रासस