१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

२९ देशहरुद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

२९ देशहरुद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर
अ अ+ अ-

काठमाडाैँ । विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई) सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताका सर्तहरू अनुसार “वल्र्ड आर्टिफिसियल इन्टेलिजेन्स कोअपरेशन अर्गनाइजेसन” एउटा स्वतन्त्र अन्तरसरकारी अन्तर्राष्ट्रिय सङ्गठन हुनेछ जसको मुख्यालय साङ्घाईमा रहने छ ।

चीनमा आयोजित सन् २०२६ को विश्व एआई सम्मेलन तथा “ग्लोबल एआई गभर्नेन्स” सम्बन्धी उच्चस्तरीय बैठकको अवसरमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको थियो । चिनियाँ विदेश मन्त्री वाङ्ग यीले चीनयाँ सरकारको तर्फबाट कजाकिस्तान, लाओस, पाकिस्तान, रूस र इन्डोनेसियासहित २९ वटा देशका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरी सङ्गठनको संस्थापक सदस्य भएको बताउनुभएको छ ।

हस्ताक्षर समारोहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस लगायत विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी रहेको जनाइएको छ । सम्झौता अनुसार, नव गठित सङ्गठनले संयुक्त राष्ट्र सङ्घको बडापत्रको उद्देश्यलाई समर्थन तथा आत्मसाथ गर्र्नेछ भने सार्वजनिक लाभका लागि आवाश्यक परामर्श र संयुक्त योगदानलाई बढावा दिई जनकेन्द्रित दृष्टिकोणबाट सञ्चालित हुनेछ ।

सङ्गठनको उद्देश्य अन्तर्राष्ट्रिय सहयोग र विश्वव्यापी शासनलाई सुदृढ पारी एआईलाई फाइदाजनक, सुरक्षित र निष्पक्ष भएको सुनिश्चित गर्नु तथा सम्पूर्ण मानवताको फाइदाको लागि यसको स्वस्थ र व्यवस्थित विकासलाई बढावा दिनु भएको जनाइएको छ ।