३२ असार २०८३, बिहीबार
,
Latest
उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण ऊर्जा क्षेत्रको रूपान्तरणका लागि सहकार्य आवश्यकः मन्त्री श्रेष्ठ महँगो मुल्यमा विक्री भयो ‘म मदनकृष्ण’को डिजिटल राइट नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल



अ+ अ-

टोकियो। जापानी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारको लोकप्रियता पहिलो पटक ५० प्रतिशतभन्दा तल झरेको छ । अक्टोबरमा सत्तामा आएयता बिहीबार प्रकाशित एक सर्वेक्षणले लोकप्रियता दर निकै घटेको देखाएको हो ।

जिजी प्रेसको सर्वेक्षणअनुसार अहिले ताकाइचीको मन्त्रिपरिषद्प्रति समर्थन ४९ प्रतिशत मात्र देखिएको छ । उहाँको सरकारप्रतिको समर्थनमा सबैभन्दा ठूलो गिरावट ६० देखि ७० वर्ष उमेर समूहका मतदातामा देखिएको छ, जसको समर्थन गत महिनाको ६३.७ प्रतिशत रहेकोमा अहिले घटेर ३९.९ प्रतिशतमा झरेको छ।

समर्थकहरूले अझै पनि जापानकी पहिलो महिला प्रधानमन्त्रीको नेतृत्व र विश्वसनीयतालाई कारण मानिरहेका छन्। असन्तुष्टिका मुख्य कारणहरू अहिलेको सङ्क्रमणकालिन अवस्थामा सरकारबाट ‘धेरै आशा गर्न सकिँदैन’ भन्ने र सरकारले ल्याएका ‘कमजोर नीति’ रहेका छन् ।

फेब्रुअरीमा ताकाइचीले तल्लो सदनको आकस्मिक निर्वाचनमा ठूलो जित हासिल गर्दै आफ्नो सत्ताआधारलाई थप मजबुत बनाउनुभएको थियो । युवा मतदाताहरूमा उनको कूटनीतिक कौशल, सरल स्वभाव र परिवर्तनको प्रतीकका रूपमा लोकप्रियता बढेको थियो।

नोभेम्बरमा उहाँले आत्मनिर्णयमा रहेको ताइवानमाथि कुनै आक्रमण भए जापानले सैन्य हस्तक्षेप गर्न सक्ने धारणा सार्वजनिक गर्नुभएको थियो । यो धारणा जापानको चीनसँग सम्बन्धमा समस्या बनेको छ। चीनले ताइवानलाई आफ्नो भूभाग मान्छ।

यसै महिनाको सुरुतिर करिब १५० जापानी विद्वान् तथा प्राध्यापकहरूले राष्ट्रिय झण्डाको अपमानलाई अपराध मान्ने विधेयकलाई लिएर सांसदहरूविरूद्ध याचिका दिएका थिए।

ताकाइचीको पक्षमा रहेको अर्को पक्ष के हो भने हालका महिनाहरूमा मुद्रास्फीतिमा सुधार आएको छ। यसअघि तीव्र मूल्यवृद्धिले उहाँका दुई पूर्ववर्ती प्रधानमन्त्रीको सरकारलाई छोटो समयमै बिदा हुनुपरेको थियो । (रासस\एएफपी)