३२ असार २०८३, बिहीबार
,
Latest
उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण ऊर्जा क्षेत्रको रूपान्तरणका लागि सहकार्य आवश्यकः मन्त्री श्रेष्ठ महँगो मुल्यमा विक्री भयो ‘म मदनकृष्ण’को डिजिटल राइट नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी



अ+ अ-

दमास्कस। सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार बरामद गरी लेबनानको हेजबुल्लाह समूहमा हतियार तस्करी गर्ने प्रयासलाई विफल पारिएको बताएको छ ।

सिरियाको आन्तरिक मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै साना न्यूज एजेन्सीले भनेको छ, “विशेष सुरक्षा एकाईहरूले सिरिया–इराक सीमाबाट अत्याधुनिक हतियार र मिसाइल भित्राउने प्रयासलाई रोकेका छन्।”

स्रोतले थप भनेको छ, “प्रारम्भिक अनुसन्धानबाट यो हतियार सिरिया हुँदै हेजबुल्लाह लडाकू समूहका लागि लैजान खोजिएको थियो।”

सिरियाली अधिकारीहरू हेजबुल्लाहप्रति शत्रुतापूर्ण छन् । सन् २०२४ मा राष्ट्रपति बशर अल–असद सत्ताबाट बाहिरिनु पहिले हेजबुल्लाह असदको सहयोगी थियो ।

सिरियाले यसअघि पनि इरान समर्थित हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी गर्नेगरेको थियो, तर इराकी सीमासँग सम्बन्धित यो पहिलो घोषणा हो ।

यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियालाई लेबनानमा हेजबुल्लाहविरुद्ध हस्तक्षेप गर्न सुझाव दिएपछि आएको हो।

सन् २०२४ मा इस्लामवादी गठबन्धनले सिरियामा सत्ता लिएयता अधिकारीहरूले हेजबुल्लाहसँग जोडिएका र सिरियामा आक्रमणको तयारी गरिरहेका केही सुरक्षा इकाईहरू भत्काएको दाबी गरेका छन् । हेजबुल्लाहले यी आरोपको खण्डन गरेको छ ।

यो समूह मार्चदेखि इरानको समर्थनमा इजरायलविरुद्ध लडेको युद्धका कारण कमजोर बनेको छ ।

सिरियाका राष्ट्रपति अहमद अल–शराले ट्रम्पको सुझावका बाबजुद लेबनानमा सैन्य हस्तक्षेप गर्ने कुनै इच्छा नभएको बताउनुभएको छ ।  (रासस\एएफपी)