३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङ्गेरीः ओरबानका पूर्व विदेशमन्त्रीद्वारा संसद् पदबाट राजीनामा



अ+ अ-

बुडापेस्ट। हङ्गेरीका राष्ट्रवादी पूर्व प्रधानमन्त्री भिक्टर ओरबानका निकट सहयोगी तथा पूर्व विदेशमन्त्री पिटर सिज्जार्टोले बुधबार संसद् सदस्यबाट राजीनामा दिनुभएको छ ।

उहाँले चिनियाँ विद्युतीय सवारीसाधन (इभी) कम्पनी (विवाइडी) मा काम गर्न जाने घोषणा गर्दै संसद् सदस्यबाट राजिनामा दिनुभएको हो ।

विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन उत्पादक कम्पनी विवाइडीले विगतका वर्षमा मध्य युरोपको यो देशलाई आफ्नो व्यापार सविस्ताको केन्द्र बनाएको छ । ओरबान सरकारबाट यसले करिब ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्राप्त गरेको बताइन्छ । सिज्जार्टो ओरबानको चुनावी हारपछि सन् २०१४ देखि मे महिनासम्म विदेशमन्त्रीको रूपमा काम गरेका उहाँ पदबाट बाहिरिनु भएको थियो ।

उहाँ सरकारको चीन र विशेष गरी विवाइडीप्रतिको नीतिमा निकै निकट मानिनुहुन्छ । सन् २००२ देखि संसद सदस्य रहेका ४७ वर्षीय सिज्जार्टोले फेसबुकमा एक सन्देश जारी गर्दै बिवाइडीबाट ‘अत्यन्त प्रतिष्ठित प्रस्ताव’ प्राप्त भएकाले संसदबाट बाहिरिने बताउनुभएको हो । उहाँले विवाइडीलाई ‘विश्वका अग्रणी कम्पनीमध्ये एक’ भन्नुभएको छ ।

“आजदेखि म समूहको बाह्य सम्बन्ध र नयाँ व्यापारिक क्षेत्रको विकासको लागि कार्यकारीको रूपमा काम गर्ने छु,” उहाँले लेख्नुभएको छ । अप्रिलको निर्वाचनमा १६ वर्षपछि ओरबानलाई सत्ताबाट हटाएका प्रधानमन्त्री पिटर माग्यारले सिज्जार्टोले ‘लामो समयदेखि विदेशी हितको प्रतिनिधित्व गर्दै आएको’ र विवाइडीलाई ‘ठूलो सरकारी अनुदान’ दिलाउन पहिले नै लबीङ गरेको आरोप लगाउनुभएको छ ।

“अघिल्लो र अहिलेकोबिचमा एउटै फरक के छ भने अब पिटर सिज्जार्टोले यो ‘काम’ को लागि हङ्गेरीका जनताबाट तलब लिनुहुने छैन, आफ्नो वास्तविक रोजगारदाताबाट लिनुहुनेछ,” युरोपेली समर्थक कन्जर्भेटिभ नेता माग्यारले फेसबुकमा लेख्नुभएको छ । विवाइडीलेले सन् २०२४ मा हङ्गेरीको दक्षिणी शहर सेजेडमा आफ्नो पहिलो युरोपेली इलेक्ट्रिक कार उत्पादन कारखाना निर्माण सुरु गरेको थियो ।

गत वर्ष उसले आफ्नो क्षेत्रीय मुख्य कार्यालय र अनुसन्धान केन्द्र नेदरल्याण्ड्सबाट बुडापेस्ट सार्ने घोषणा गरेको थियो । गत वर्ष सिज्जार्टोले सरकारले विवाइडीलाई बुडापेस्ट केन्द्र खोल्नका लागि २० अर्ब फोरिन्ट (करिब छ करोड ४० लाख अमेरिकी डलर) दिने बताउनुभएको थियो । उक्त कम्पनीको सेजेड कारखानाले अझै औपचारिकरूपमा उत्पादन सुरु गरेको छैन, तर यसले पनि अज्ञात रकमको सरकारी अनुदान प्राप्त गरेको छ ।

अनुसन्धानात्मक वेबसाइट एट्लाट्स्जोका अनुसार कुल अनुदान १२० देखि १३० अर्ब फोरिन्टसम्म हुन सक्छ । विदेशमन्त्रीको रूपमा सिज्जार्टो युरोपेली कूटनीतिज्ञप्रति आक्रामक दृष्टिकोण राख्ने र रूसप्रति नरम दृष्टिकोण राख्ने नेता मानिनुहुन्छ । रासस/एएफपी