३२ असार २०८३, बिहीबार
,
Latest
ऊर्जा क्षेत्रको रूपान्तरणका लागि सहकार्य आवश्यकः मन्त्री श्रेष्ठ महँगो मुल्यमा विक्री भयो ‘म मदनकृष्ण’को डिजिटल राइट नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्त कमैया–कमलरीको पुनःस्थापना र थर सूचीकरण टुङ्ग्याउन सरकारलाई थारू आयोगको आग्रह



अ+ अ-

काठमाडौँ। थारू आयोगका कार्यवाहक अध्यक्ष सुवोध सिंह थारूले मुक्त कमैया–कमलरीको पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यसबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले मुक्त कमैया–कमलरी कानूनी रूपमा मुक्त भएपनि उनीहरुको सुरक्षित बसोबास, पुनःस्थापना र आधारभुत समस्याको समाधान हुन नसकेको बताउनु भयो ।

उहाँले कमैया–कमलरीको विषयमा विस्तृत अध्ययनसहित को प्रतिवेदन सरकारलाई बुझाएको भएपनि त्यसको कार्यान्वयन नभएको बताउनु भयो ।

उहाँले मुक्त कमैया–कमलरीको समस्या समाधानको लागि सरकारलाई सहयोग गर्न प्रतिवद्ध रहेको समेत बताउनु भयो । त्यस्तै उहाँले थारू समूदायको थर सूची टुंग्याउन पनि समितिमार्फत सरकारसँग आग्रह गर्नुभयो । उहाँले त्रिभूवन विश्वविद्यालयमार्फत पाँच वर्षअघि गरिएको अध्ययनले देशभर ५ सय २३ प्रकारका थारू थर रहेको देखाएको जानकारी दिनुभयो । उक्त अध्ययनका आधारमा थर सूची टुंगो लगाउन तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरिएको भएपनि हालसम्म निर्णय हुन नसकेको उहाँको भनाइ  छ । उहाँले थर सूची टुंग्याउन पहल गरिदिन समितिसमक्ष आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कमैया–कमलरी एउटा मजदुरजस्तै हो । उहाँहरु मुक्त भइसकेपनि उनीहरु बस्ने स्थान सुरक्षित र समस्याहरु समाधान अझै भएको छैन । यो गर्नुपर्छ । हामीले यो विषयमा सरकारलाई विस्तृति अध्ययन गरेर सिफारिस पनि गरेका छौँ । यो विषयमा अगामी दिनमा छलफल गर्नुपर्यो भनेपनि हामी पनि यहाँहरुलाई बोलाउँछौँ, तपाईंहरु पनि हामीलाई बोलाउनुस् । हामी यो समस्याको समाधान देखाउन सक्छौँ । अर्को कुरा, रानाथारू भनेको पनि थारू समूदायकै हो । हामीले यो विषयमा त्रिभूवन विश्वविद्यालयबाट यो विषयमा पाँच वर्ष अगाडि अध्ययन गराएका थियौँ । उक्त अध्ययनबाट मुलुकभर ५ सय २३ प्रकारका थारू छन् । यो सूची हामीले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत थर सूची टुंग्याइदिन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेका थियौँ ।  सबै आयोगबाट गएको थर सूचीको विषय अहिले पनि विचाराधिन अवस्थामा रहेको छ । तपाईंहरुले यो कुरा पनि उठाइदिनुहोला भनेर मैले अनुरोध गर्न चाहन्छु ।’

उहाँले थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा सरकार गम्भीर भएर आवश्यक नीति तथा कार्यक्रम अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

बैठकमा अधिकांश सांसदहरुले आदिवासि जनजाति आयोग र थारु आयोगको कार्यक्षेत्र मिल्दोजुल्दो भएको भन्दै कार्यक्षेत्र स्पष्ट पार्न आग्रह गरेका छन् । साथै उनीहरुले भविष्यमा सरकारलाई सिफारिस गर्दा निश्चित समयअवधि तोक्न समेत आयोगलाई आग्रह गरेका छन् । –न्युज एजेन्सी नेपाल