१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न

नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न
अ अ+ अ-

ललितपुर। नेपाल र दक्षिण कोरियाबीचको श्रम सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यका साथ ‘नेपाल-कोरिया श्रम सहयोग गोष्ठी’ आज सम्पन्न भएको छ ।

नेपालका लागि कोरियाली दूतावास र रोजगार अनुमति प्रणाली केन्द्र (इपिएस सेन्टर)को सहकार्यमा युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा वैदेशिक रोजगारीबाट प्राप्त सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले इपिएस कार्यक्रमले वित्तीय विप्रेषण मात्र नभई सामाजिक विप्रेषणसमेत सिर्जना गरिरहेको बताउनुभयो । कोरियाबाट फर्केका नेपालीले सीप, अनुशासन, आत्मविश्वास र व्यावसायिक अनुभव लिएर आउनुहुन्छ । यही अनुभवले उहाँहरूलाई रोजगारी खोज्नेबाट रोजगारदातामा रूपान्तरण गर्न मद्दत पुर्‍याएको छ”, उहाँले भन्नुभयो ।

विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका सात जना सफल उद्यमीलाई मन्त्रालयले हालै सम्मान गरेका जनाउँदै तीमध्ये दुई जना दक्षिण कोरियाबाट फर्किएका हुनु यसको सफल उदाहरण रहेको मन्त्री यादवले उल्लेख गर्नुभयो । दक्षिण कोरियाको विकास यात्राको उदाहरण दिँदै उहाँले कुनै समय कोरियाका नागरिक कामको खोजीमा अन्यत्र जाने गरेका स्मरण गर्नुभयो ।

“कोरियाको यात्राले नेपालका लागि एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, कुनै पनि देश श्रमिक पठाउने मुलुकबाट सुरु भएर आफ्नै देशमा आकर्षक अवसर सिर्जना गर्ने राष्ट्रमा रूपान्तरण हुन सक्छ”, मन्त्री यादवले भन्नुभयो । यसका लागि आप्रवासनलाई सीप, बचत, लगानी र उद्यमशीलतामा बदल्ने स्पष्ट राष्ट्रिय दृष्टिकोण र नीति आवश्यक रहेको उहाँको तर्क छ ।

इपिएस परीक्षा ढाँचा (इपिएस मोडल) लाई अन्तरराष्ट्रिय श्रम आप्रवासनका लागि एउटा उदाहरणीय ढाँचा रहेको मान्दै मन्त्री यादवले यसमा अवलम्बन गरिने पारदर्शी छनोट प्रक्रिया र डिजिटल प्रणालीको प्रशंसा गर्नुभयो । सरकारले वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन महत्त्वपूर्ण सुधार गरिरहेको भन्दै उहाँले यसमा इपिएस परीक्षा ढाँचामा अवलम्बन गरिने सकारात्मक मार्गबाट धेरै कुरा सिक्न सकिने उहाँले बताउनुभयो ।

मन्त्री यादवले दुवै सरकारलाई इपिएस आकाङ्क्षीहरूलाई स्पष्ट र भरपर्दो सूचना उपलब्ध गराउन र कार्यस्थलको सुरक्षा तथा कामदारको मानसिक स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्नुभयो । साथै, कोरियाबाट फर्केका र फर्कने तयारीमा रहेका कामदारका लागि सञ्चालित पुनःएकीकरण कार्यक्रममा थप सहकार्य गर्न दक्षिण कोरियाली सरकारलाई उहाँले आग्रह गरिएको छ ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत, नेपालका लागि मलेसियाका राजदूत, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र इपिएसमार्फत कोरिया पुगर स्वदेश फर्केका नेपालीहरूको उपस्थिति थियो । रासस