१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित विपद्मा राष्ट्रिय एकताका साथ उद्धारमा जुट्न सांसद विकको आग्रह लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री फत्तेह सिंह थारुको निधन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्वमन्त्री फत्तेसिंह थारुको निधन भएको छ।

थारुको निधनप्रति राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनी नेपालगन्जका प्रतिष्ठित सामाजिक तथा राजनीतिक व्यक्तित्वका रूपमा परिचित थिए।

श्रद्धाञ्जली सन्देशमा दिवंगत थारुको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, उनका सुपुत्र राप्रपा युवा नेता तारक सिंह थारु, छोरी शिवानी सिंह थारु तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

फत्तेह सिंह थारुले लामो समय नेपाली राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्‍याएका थिए।