३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

सरकार सस्तो लोकप्रियतामा अल्झिँदा मुलुक बर्बादितर्फ जाँदैछः सांसद शाही

सरकार सस्तो लोकप्रियतामा अल्झिँदा मुलुक बर्बादितर्फ जाँदैछः सांसद शाही
अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा मात्र केन्द्रित हुँदा मुलुक विकासको सट्टा बर्बादीको दिशामा गइरहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शाहीले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिका बारेमा सरकारले संसद्मा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको हो । राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएको गम्भीर विषयमा सरकार मौन बस्नु सान्दर्भिक नहुने तर्क गर्दै उहाँले सरकारको आधिकारिक धारणा नआएसम्म प्रतिपक्षको विरोध जारी रहने जानकारी दिनुभयो ।

सांसद शाहीले नेपाली जनताको मुख्य चाहना भौतिक पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय रहेको उल्लेख गर्दै वर्तमान सरकार ती मुद्दाहरूबाट विचलित भएको आरोप लगाउनु भयो । विगतका राजनीतिक दलहरूले केही गरेनन् भन्ने प्रचारबाजी गर्न सजिलो भएपनि वर्तमानले के ग¥यो भन्ने प्रश्नको जवाफ दिन कठिन रहेको उहाँले बताउनु भयो । इतिहास प्रचारबाट नभई कामबाट बन्ने जिकिर गर्दै उहाँले विगतका राजनीतिक दलहरूको योगदान इतिहासले नै मूल्यांकन गर्ने स्पष्ट पार्नुभयो ।

सांसद शाहीले राज्यका संस्थाहरूलाई कमजोर पारेर व्यक्ति बलियो बन्ने प्रवृत्तिले लोकतन्त्रलाई खतरामा पार्ने चेतावनी दिनुभयो । सरकारले प्रतिपक्षको आलोचनालाई शत्रुताको रूपमा नलिई आफ्ना काममार्फत जवाफ दिनुपर्नेमा उहाँको जोड छ । सरकारका वर्तमान गतिविधिहरू अपरिपक्व र फितलो भएको टिप्पणी गर्दै उहाँले यसले जनतामा आशा होइन, अविश्वास मात्र पैदा गरिरहेको बताउनु भयो । सांसद शाहीले चरम संस्थागत भ्रष्टाचारका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र राज्यको दोहन गरिएको सम्पत्ति ढुकुटीमा फिर्ता ल्याउन माग गर्नुभयो ।

युवाहरूका लागि स्वदेशमै रोजगारी सिर्जना, उत्पादन वृद्धि र सुकुम्बासी लगायतका सामाजिक समस्याहरूको समाधानका लागि सरकार जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । मुलुकको विकास र समृद्धिको साझा एजेण्डामा सत्तापक्ष र प्रतिपक्ष सबै एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिनुभयो ।

उहाँले प्रतिपक्षका आरोपको प्रतिरोधमा उत्रिनुभन्दा सुशासन र सेवा प्रवाह सुधारमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।