३१ असार २०८३, बुधबार
,
Latest
सरकारले आतंक सिर्जना गरेर शासन गर्न खोजेको काँग्रेसको आरोप प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्तिः कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको दाबी छोड्न खोजिएको हो ? ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन राष्ट्रिय सभाको शुन्य समयः मल अभाव, प्रेस स्वतन्त्रता र सुरक्षा चुनौतीबारे सांसदहरूको सरकारको ध्यानाकर्षण कानून मन्त्रालयले सङ्‍घीय संसद्लाई बुझायो आउने आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरुको सूची डोजर अभियानमा ९ जनाको मृत्यु, ‘संस्थागत हत्या’ भएको सांसद गीता गुरुङको आरोप प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान स्वास्थ्यदेखि वित्तीय साक्षरतासम्मः सामाजिक जिम्मेवारीमा ग्लोबल आइएमई
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिप्रेसनमा रहेका रौतहटका २८ वर्षीय सहानीद्वारा आत्मदाहको प्रयास, कीर्तिपुर बर्न अस्पतालमा ‘रिफर’



अ+ अ-

काठमाडाैँ । रौतहटकाे  गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल खन्याएर आगो लगाइ आत्मदाहको प्रयास गरेका छन् ।

गरुडा नपा–९ का वडाध्यक्ष राजेश सहनीका अनुसार केही समयदेखि मानसिक तनाव तथा ‘डिप्रेसन’बाट पीडित स्थानीय युवाले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याइ मङ्गलबार राति आत्मदाहको प्रयास गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले सहनीको घाँटीभन्दा मुनिको करिब ३५ प्रतिशत भाग जलेको अवस्थामा स्थानीय चिकित्सकको सल्लाहबमोजिम थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ ।

घाइते युवा डिप्रेसनको समस्यामा रहेको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको उल्लेख गर्दै जिल्ला प्रहरी प्रवक्ता गौतमले निजको विस्तृत जानकारीसहित घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो । शरीरमा पेट्रोल खन्याइ आगो लगाएको थाहा पाउनासाथ परिवारका सदस्यले उनलाई उपचारका लागि राति नै गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए ।

सो अस्पतालमा प्राथमिक उपचार गरेपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि काठमाडौँ कीर्तिपुरस्थित बर्न अस्पताल ‘रिफर’ गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । वडाध्यक्ष सहानीका अनुसार घाइते युवा श्रीमतीसहित तीन छोरासँगै गरुडा बजारस्थित झाझ पुलनजिक छाप्रे होटल सञ्चालन गरी जीविकोपार्जन गर्दै आएका थिए ।




भर्खरै