३० असार २०८३, मंगलवार
,
Latest
बीउविजन नियमावली संशोधन बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ सञ्चार गृह अगाडिको घटनामा छानबिन र कारबाही हुनुपर्छः सभापति लामिछाने पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित पूर्वसचिव डा जोशीको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश



अ+ अ-

काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)का नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले परराष्ट्रमन्त्री शिशिर खनाल समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

युएनएफपीएका नवनियुक्त प्रतिनिधि हरिदासले मङ्गलवार परराष्ट्रमन्त्री खनाल समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

यसअघि करिब एक वर्ष नेपालका लागि युएनएफपीएको अन्तरिम प्रतिनिधिका रूपमा जिम्मेवारी समेत सम्हालि सक्नुभएका श्रीलङ्काका नागरिक हरिदासले जुलाई २०२६ देखि युएनएफपीएको पूर्ण प्रतिनिधिका रूपमा कार्यभार सम्हाल्नुभएको हो ।

उहाँसँग एसिया र अफ्रिकाका विभिन्न मुलुकहरूमा रणनीतिक नेतृत्व, जनसङ्ख्या कार्यक्रम तथा मानवीय सहायताका क्षेत्रमा दुई दशक बढीको कार्य अनुभव रहेको छ । ओहदाको प्रमाणपत्र पेश गर्ने क्रममा मन्त्री खनाल र प्रतिनिधि हरि दासबीच नेपाल सरकार र युएनएफपीएबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

जनसङ्ख्या तथा विकास, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, लैङ्गिक समानता र तथ्याङ्कमा आधारित नीति निर्माणका क्षेत्रमा रणनीतिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत छलफलका क्रममा व्यक्त गरिएको छ ।

परराष्ट्र मन्त्री खनालले जनसङ्ख्या तथा विकासका प्राथमिकताहरू अघि बढाउन र स्वास्थ्य प्रणालीलाई थप सशक्त बनाउन नेपालले युएनएफपीएसँगको लामो साझेदारीलाई उच्च महत्व दिएको बताउनुयो ।

नवनियुक्त प्रतिनिधि हरिदासले नेपालको विकास प्राथमिकता तथा अन्तर्राष्ट्रिय जनसङ्ख्या तथा विकास सम्मेलन (आईसीपीडी) को कार्ययोजनाप्रति युएनएफपीएको प्रतिबद्धता दोहोर्‍याउँदै राष्ट्रिय जनसङ्ख्या प्रणालीलाई सुदृढ बनाउन सरकार र सरोकारवालासँग मिलेर काम गर्ने बताउनुभयो ।

युएनएफपीएले सन् १०७१ देखि नेपाल सरकारसँग साझेदारी गर्दै आएको छ । संस्थाले यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, लैङ्गिक समानता, युवा सशक्तीकरण, जनसंख्या तथ्याङ्क प्रणालीको सुदृढीकरण तथा विकासको मूलधारमा कसैलाई पनि पछाडि नछोड्ने राष्ट्रिय प्रयासमा निरन्तर सहयोग गर्दै आएको छ ।