३० असार २०८३, मंगलवार
,
Latest
नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ सञ्चार गृह अगाडिको घटनामा छानबिन र कारबाही हुनुपर्छः सभापति लामिछाने पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित पूर्वसचिव डा जोशीको निधन मधेस प्रदेशसभा बैठकः प्रदेश विनियोजन विधेयकमाथि छलफल विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर



अ+ अ-

काठमाडौँ। काठमाडौं जिल्ला अदालतले मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो। सजाय निर्धारणका लागि बिहीबार पेसी तोकिएको छ।

सजाय भने तय भएको छैन । सजाय निर्धारणका लागि बिहीबार पेशी राखिएको छ।

सोही इजलासले झाले पीडित युवतीविरुद्ध दर्ता गरेको आपराधिक लाभ मुद्दामा भने सफाइ हुने फैसला गरेको छ।

झा सो मुद्दामा करिब एक वर्षदेखि कारागारमा छन्।

२०७८ मा तत्कालीन केपी शर्मा ओलीको सरकारले झालाई मधेस प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।