३० असार २०८३, मंगलवार
,
Latest
नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने गाजा शहरमा इजरायली हवाई आक्रमणः चार प्यालेस्टिनीको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु कान्ति लोकपथ अस्थायी रूपमा बन्द न्युयोर्कमा ‘नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६’ घोषणा, नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तारमा जोड हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द शंकास्पद गतिविधि कसले गरेको रहेछ ? धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु



अ+ अ-

काठमाडौँ। सर्लाहीको गोडैताका विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ।

शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो ।

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय मण्डलले बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए ।

उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

यसअघि आत्मदाहको प्रयास गरेका गणेश नेपाली र आश्विन राउतको पनि मृत्यु भइसकेको छ ।