८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
अ+ अ-

बागलुङ। राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२ किलोमिटर सडक ग्राभेल सम्पन्न भएको छ ।

तराई र पहाड जोड्ने यस सडकको निर्माण समयमै सम्पन्न हुन नसकेपछि चार पटक म्याद थप गर्दै पाँच वर्षपछि ग्राभेलको काम सकिएको हो । तीस महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७८ कात्तिक ५ गते स्वच्छन्द–ओमबुद्ध जेभी, काठमाडौँले ठेक्का पाएको थियो ।

विसं २०८० वैशाखमै ग्राभेल सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि पटक–पटक म्याद थप गरिएको थियो । गत मङ्सिरमा तेस्रो पटक म्याद थप गरिएको भए पनि काम नसकिएपछि गत जेठ मसान्तसम्मका लागि अन्तिम पटक एक महिनाको म्याद थपिएको थियो ।

रु २५ करोड ६१ लाख ३१ हजार १६६ को लागतमा उक्त सडकखण्ड स्तरोन्नति गरिएको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सूचना अधिकारी परीक्षा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ग्राभेल सम्पन्न भएपछि ढोरपाटन–फल्लेघर खण्डको यात्रा व्यवस्थित भएको छ । निर्माण कम्पनीले सुरुदेखि नै अपेक्षाअनुसार काम नगर्दा परियोजना समयमै सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो ।

“ढिलै भए पनि सडक ग्राभेल भयो । लामो समय सडक अलपत्र थियो, अहिले सडकको अवस्था राम्रो भएको छ”, पौडेलले भन्नुभयो, “ग्राभेल सम्पन्न भएपछि तत्काल कालोपत्र गर्न पाए सडक अझ व्यवस्थित हुन्थ्यो । तर त्यसका लागि बजेट छैन । विभागबाट बजेटको व्यवस्था भएपछि कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढ्छ ।”

विसं २०६८ मा रुपन्देहीबाट सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, पाल्पा, गुल्मी हुँदै बागलुङको ढोरपाटनसम्म जोडिएको छ । रुपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षाअनुसार प्रगति हुन सकेको थिएन ।

सडक ग्राभेल भएपछि बुर्तिबाङ बजारदेखि फल्लेघरसम्मको यात्रा सहज भएको ढोरपाटन नगरपालिका–९ का थमनबहादुर घर्तीले बताउनुभयो ।

उहाँका अनुसार यसअघि २२ किलोमिटर दूरी पार गर्न झण्डै साढे दुई घण्टा लाग्ने गरेकामा अहिले ४५ मिनेटमै यात्रा पूरा गर्न सकिन्छ । सडक सुधार भएपछि ढोरपाटन आउने पर्यटक र स्थानीयवासी दुवैलाई सहज भएको उहाँले बताउनुभयो ।

“पोहोरसम्म यो बाटोको अवस्था निकै बेहाल थियो । अहिले धेरै राम्रो भएको छ । ठेकेदारले चाह्यो भने काम हुने रहेछ”, घर्तीले भन्नुभयो, “यतिका वर्ष सडक नबन्दा स्थानीयले धेरै दुःख पाए । घुम्न आउने पर्यटकले पनि समस्या भोगे । अब सरकारले कालोपत्र गरिदियो भने यस क्षेत्रको मुहार नै फेरिनेछ ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले सडक व्यवस्थित भएसँगै ढोरपाटनमा उत्पादन हुने स्याउ, आलु, सिमीलगायतका कृषि उपज बजारीकरण गर्न सहज हुने बताउनुभयो ।

पछिल्लो समय ढोरपाटन, बुकीपाटन र जलजला क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले सडक सुधारले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उहाँको भनाइ छ । रासस