३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण



भोलोदिमिर जेलेन्स्की/ फाइल फोटो
अ+ अ-

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुनेभएको छ।

बैठकमा यूक्रेनको हवाई सुरक्षा र युद्धको आगामी रणनीतिबारे छलफल हुनेछ । यूक्रेनका राष्ट्रपति जेलेन्स्की सोमबार पेरिस पुग्नुभएको हो । पेरिसमा रहँदा उहाँले रूसको आक्रमणविरुद्ध यूक्रेनलाई सहयोग गरिरहेका करिब दुई दर्जन यूरोपेली नेताहरूसँग कुराकानी गर्नुहुनेछ । यो युद्ध अहिले पाँचौं वर्षमा प्रवेश गरेको छ ।

यसैबीच युरोपेली देशका विदेश मन्त्रीहरूबीच पनि ब्रसेल्समा बैठक भइरहेको छ । यस बैठकमा यूक्रेनको आवश्यकता र रूसबाट युरोपलाई उत्पन्न भएको खतराबारे छलफल हुने अपेक्षा गरिएको छ ।

यूक्रेन र उसका युरोपेली समर्थकहरूले युद्ध समाप्त गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्ताका लागि दबाब दिन चाहन्छन् । उनीहरूको बुझाइमा अमेरिकी ट्रम्प प्रशासनको एक वर्ष लामो शान्ति प्रयासका बावजुद मस्कोले कुनै समझदारीमा चासो देखाएको छैन ।

विश्लेषकहरू र पश्चिमी अधिकारीहरूका अनुसार हालका महिनाहरूमा ड्रोन प्रविधिमा यूक्रेनको प्रगतिले उसलाई फाइदा पुर्‍ याएको छ। उनीहरूले यूक्रेनका आक्रमणहरूले मोर्चाको पछाडि रूसको आपूर्ति प्रणालीलाई क्षति पु¥याएको छ । यसले रूसी सेनाको अघि बढ्ने गतिलाई ढिलो बनाएको छ र उसलाई ठूलो मूल्य चुकाउनुपरेको छ ।

यूक्रेनी सेनाले विशेष गरी क्रिमियातर्फ जाने आपूर्तिलाई निशाना बनाएको छ। यसबाट ‘ब्ल्याक सी’ क्षेत्रमा इन्धनको ठूलो सङ्कट उत्पन्न भएको छ ।

रूसले सन् २०१४ मा क्रिमियालाई अवैध रूपमा आफ्नो कब्जामा लिएको थियो । यूक्रेनका यी आक्रमणहरूले क्रेमलिनको ‘रूसले युद्ध जित्दैछ’ भन्ने दाबीलाई पनि झट्का दिएको छ।

जेलेन्स्कीले युरोपेली देशहरूसँग मिलेर छिट्टै ब्यालिस्टिक मिसाइलबाट बच्ने हवाई सुरक्षा प्रणाली विकास गर्ने योजना अगाडि बढाउन चाहनुभएको छ । यो प्रणालीले यूक्रेनको विद्युत् संरचनामाथि रूसले गर्ने विनाशकारी आक्रमण रोक्न मद्दत गर्न सक्छ।

रातभर भएका आक्रमणपछि सोमबार जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “दुनिया हेर्दैछ, यूक्रेनलाई अझ धेरै हवाई सुरक्षा र जनजीवनको सुरक्षा चाहिन्छ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता यूक्रेनलाई प्याट्रियट हवाई सुरक्षा प्रणाली बनाउने अनुमति दिने घोषणा गरेकोलाई किएभका लागि ठूलो सफलता मानिएको छ । तर, विज्ञ र यूक्रेनी अधिकारीहरूले चेतावनी दिएका छन् कि यो योजनालाई वास्तविक हतियारमा बदल्न धेरै वर्ष लाग्न सक्छ ।

पेरिसमा ‘इच्छुक देशहरूको गठबन्धन’ को बैठकमा यूक्रेनको समर्थन गर्ने ३० भन्दा बढी देशहरू सहभागी हुनेछन् । यसमा करिब २५ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरू सहभागी छन् । यति ठूलो सङ्ख्यामा नेताहरूको उपस्थितिलाई यूक्रेनका लागि लामो समयसम्म समर्थन र रूसका लागि चेतावनीको रूपमा हेरिएको छ। रूसले युरोपको एकता र मजबुतीलाई निरन्तर चुनौती दिइरहेको छ ।

राष्ट्रपति जेलेन्स्की आफ्ना बलियो समर्थक अमेरिकी सिनेटर लिन्डसे ग्राहमको मृत्यु भएको एक दिनपछि नेताहरूसँग छलफलका लागि फ्रान्सको राजधानी पुग्नुभएको छ ।

यो यात्रा यूक्रेन सरकारमा ठूलो परिवर्तन भइरहेको र प्रक्रिया अझै पूरा नभएको बेला भएको छ। यूक्रेनी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले आइतबार पदबाट राजीनामा दिनुभएको छ। (रासस/एएफपी)