८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

बौलाहा खोलामा मोटरेबल पुल निर्माण

बौलाहा खोलामा मोटरेबल पुल निर्माण
अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता-पूर्व) नवलपुरको देवचुली नगरपालिका-३ र देवचुली नगरपालिका-१२ लाई जोड्ने बौलाहा खोलामाथिको मोटरेबल पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।

पुल सञ्चालनमा आएपछि वर्षायाममा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयवासीको वर्षौँदेखिको बाध्यता अन्त्य भएको हो ।

पैतालिस मिटर लामो उक्त पुल गण्डकी प्रदेश सरकारको लगानीमा ब्रर्दश-देवचुली जेभीले रु छ करोड ३० लाख ५८ हजार ६५२ को लागतमा निर्माण सम्पन्न भएको हो ।

विसं २०८१ मा निर्माण कम्पनीसँग विसं २०८३ जेठभित्र काम सम्पन्न गर्ने सम्झौता भएकामा तोकिएको समयमा सकिएर सञ्चालनमा आएको हो ।

करिब दुई वर्षअघि सम्झौता भई काम थालिएको पुल तोकिएको समयमा सम्पन्न भई सञ्चालनमा आएको देवचुली नगरपालिका-१२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुल सञ्चालनमा आएपछि स्थानीयलाई आवतजावतमा सहजता भएको छ । विशेषगरी वर्षायाममा बौलाहा खोलामा पानीको बहाव बढ्दा विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणले सास्ती खेप्नुपर्ने अवस्था अब अन्त्य भएको उहाँको भनाइ छ ।

पुल सञ्चालनसँगै बेलचौतारी हुँदै देवचुली-१२ र देवचुली-३ बीच सुरक्षित, सहज र नियमित आवतजावत सम्भव भएको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार पुलले दुई वडाबीचको भौतिक सम्पर्क मात्र मजबुत बनाएको छैन, कृषि उत्पादनको ढुवानी, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्थानीय बजारसँगको सम्बन्धलाई समेत थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यसले समग्र स्थानीय आर्थिक गतिविधि र विकासलाई गति दिने विश्वास गरिएको छ ।

देवचुली नगरपालिका-३ का वडाध्यक्ष होमनाथ पौडेलका अनुसार पुल निर्माणसँगै कावासोतीबाट रजहरसम्मको मुख्य राजमार्गको वैकल्पिक सडकका रूपमा पनि यो मार्ग प्रयोग गर्न सकिन्छ । पूर्व-पश्चिम राजमार्गमा कुनै अवरोध वा समस्या उत्पन्न भए भित्री सडकमार्फत यही पुल प्रयोग गरेर सहज रूपमा यात्रा गर्न सकिने उहाँले बताउनुभयो ।

स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको यो पुल निर्माण सम्पन्न भएसँगै देवचुली नगरपालिकाको पूर्वाधार विकासमा नयाँ उपलब्धि थपिएको छ ।

स्थानीयले यसलाई दैनिक आवतजावत, आर्थिक गतिविधि विस्तार र विपद्का समयमा समेत महत्वपूर्ण पूर्वाधारका रूपमा लिएका छन् । पुल निर्माण भएसँगै बजार क्षेत्रमा सहज पुहँच विस्तार भएको स्थानीय पूर्णबहादुर थापाले बताउनुभयो । रासस