• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   ओली र बालेनको दिनभर वाकयुद्ध, साँझ परेपछि बालेनले भने– गुड नाइट केपी बा ! ★   टुँडिखेल, तीनकुने र हाँडीगाउँमा काठमाडौँ महानगरपालिकाले ‘टि ट्वान्टी विश्वकप’ खेलको ‘नि:शुल्क प्रत्यक्ष प्रदर्शन’ गर्ने ★   टि -२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना ★   ‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’ ★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला

विपद् न्यूनीकरण दिवसको तयारी



भद्रपुर । विपद् जोखिम न्यूनीकरण सम्बन्धी गतिविधिलाई बढावा दिन तथा जनचेतना अभिवृद्धिका लागि झापामा विपद् न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने तयारी भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले झापाका स्थानीय तहहरुसँग सहकार्य गरेर विपद् न्यूनीकरणका लागि दीर्घकालीन साधान खोज्ने गरी यही असोज २६ गतेदेखि सप्ताहाव्यापी कार्यक्रम गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर निरौलाले बताउनुभयो ।

अत्याश्वक पूर्वाधारमा विपद्बाट हुने क्षति घटाऔंँ, सेवा प्रवाह रोकिनबाट जोगाऔं’ भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसमा झापाको हल्दिबारीमा धानबालीमा देखिएको फौजी किरा न्यूनीकरणका लागि अन्तक्र्रिया, बाह्रदशीमा सर्पदंशबाट बच्ने उपाय, दमक नगरपालिकाले सडक न्यूनीकरण सम्बन्धी अन्तक्र्रिया, विर्तामोडमा हात्ती आतङ्क न्यूनीकरणका लागि अन्तक्र्रिया र गौरीगञ्ज गाउँपालिकामा बाढीलगायतका प्रकोपबाट बच्ने बारे कार्यक्रम गरिने उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना (मगर)को अध्यक्षतामा बसेको बैठकले जिल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७६ स्वीकृत भएको हुँदा सो अनुरुप कार्य योजना बनाइ कार्यान्वयन गर्न सबै स्थानीय तह र सरोकारवाला निकायसँग अनुरोध गर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य २०७६ लाई पुस्तकको रुपमा ल्याउने तयारी गरेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभयो ।