८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

विपद् न्यूनीकरण दिवसको तयारी

विपद् न्यूनीकरण दिवसको तयारी
अ+ अ-

भद्रपुर । विपद् जोखिम न्यूनीकरण सम्बन्धी गतिविधिलाई बढावा दिन तथा जनचेतना अभिवृद्धिका लागि झापामा विपद् न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने तयारी भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले झापाका स्थानीय तहहरुसँग सहकार्य गरेर विपद् न्यूनीकरणका लागि दीर्घकालीन साधान खोज्ने गरी यही असोज २६ गतेदेखि सप्ताहाव्यापी कार्यक्रम गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर निरौलाले बताउनुभयो ।

अत्याश्वक पूर्वाधारमा विपद्बाट हुने क्षति घटाऔंँ, सेवा प्रवाह रोकिनबाट जोगाऔं’ भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसमा झापाको हल्दिबारीमा धानबालीमा देखिएको फौजी किरा न्यूनीकरणका लागि अन्तक्र्रिया, बाह्रदशीमा सर्पदंशबाट बच्ने उपाय, दमक नगरपालिकाले सडक न्यूनीकरण सम्बन्धी अन्तक्र्रिया, विर्तामोडमा हात्ती आतङ्क न्यूनीकरणका लागि अन्तक्र्रिया र गौरीगञ्ज गाउँपालिकामा बाढीलगायतका प्रकोपबाट बच्ने बारे कार्यक्रम गरिने उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना (मगर)को अध्यक्षतामा बसेको बैठकले जिल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७६ स्वीकृत भएको हुँदा सो अनुरुप कार्य योजना बनाइ कार्यान्वयन गर्न सबै स्थानीय तह र सरोकारवाला निकायसँग अनुरोध गर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य २०७६ लाई पुस्तकको रुपमा ल्याउने तयारी गरेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभयो ।