८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

ललितपुर महानगरपालिकाद्वारा करमा विशेष सहुलियत घोषणाः विद्युतीय सवारीधनीदेखि लक्षित वर्गसम्मलाई छुट

ललितपुर महानगरपालिकाद्वारा करमा विशेष सहुलियत घोषणाः विद्युतीय सवारीधनीदेखि लक्षित वर्गसम्मलाई छुट
अ+ अ-

ललितपुर। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छुट र सहुलियतको व्यवस्था घोषणा गरेको छ ।

महानगर प्रमुख चिरिबाबु महर्जनले सोमवार आयोजित पत्रकार सम्मेलनमा नवौं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटबारे जानकारी दिँदै करदातालाई प्रोत्साहन गर्न विभिन्न छुटका योजनाहरू सार्वजनिक गर्नुभएको हो ।

महानगरले सार्वजनिक गरेको व्यवस्थाअनुसार आर्थिक वर्ष २०८३/०८४ मा बुझाउनुपर्ने सम्पती कर, भूमि कर र मालपोत आगामी असोज मसान्तभित्र बुझाएमा करदातालाई १० प्रतिशत छुट दिइनेछ । यस्तै, महानगरमा दर्ता भई नवीकरण हुन बाँकी उद्योग तथा व्यवसायहरूको हकमा पुस मसान्तभित्र सम्पूर्ण वक्यौता रकम चुक्ता गरेमा आर्थिक वर्ष २०७३/७४ सम्मको व्यवसाय कर र बहाल करमा लाग्ने सम्पूर्ण जरिवाना मिनाहा गरिने नीति लिइएको छ ।

मेयर महर्जनकाअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८२/०८३ सम्मको व्यवसाय करको जरिवानामा पनि शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । तर तोकिएको समयभित्र वक्यौता रकम चुक्ता नगरेमा यी छुट सुविधाहरू उपलब्ध हुने छैनन् र नियमअनुसार जरिवानासहित कर असुल गरिने महानगरले स्पष्ट पारेको छ ।

त्यसैगरी, चालु आर्थिक वर्षको असार मसान्तसम्म व्यवसाय नवीकरण गर्ने व्यवसायीहरूलाई २५ प्रतिशत छुट दिइने भएको छ । करदाताले चालु आर्थिक वर्षको सम्पती कर तिरेको प्रमाण पेश गरेमा सिफारिस दस्तुरमा १५ प्रतिशत छुट पाउने व्यवस्था समेत गरिएको छ । सामाजिक समावेशीकरण र उद्यमी प्रवद्र्धनलाई ध्यानमा राख्दै महानगरले एकल महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरू र महिला समूहद्वारा सञ्चालित व्यवसायको दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

उहाँले भन्नुभयो, ‘ चालु आर्थिक वर्ष २०८३/८४ मा बुझाउनुपर्ने सम्पत्ति कर, भूमि कर तथा मालपोत चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तभित्र बुझाएमा देय करमा १० प्रतिशत छुट दिइनेछ । ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी रहेका उद्योग तथा व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष २०८३-८४ को पुस मसान्तभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा आर्थिक वर्ष २०७३-७४ सम्मको सम्पूर्ण व्यवसाय कर तथा बहाल करको जरिवाना छुट हुनेछ । आधार वर्ष आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०८२-८३ सम्मको व्यवसाय करमा लागेको जरिवानामा शतप्रतिशत छुट प्रदान गरिनेछ । तोकिएको समयभित्र वक्यौता रकम चुक्ता नगरेमा उल्लिखित छुट सुविधा उपलब्ध हुनेछैन । साथै, वक्यौता रकममा प्रचलित कानूनबमोजिम जरिवानासहित व्यवसाय कर तथा बहाल कर असुलउपर गरिनेछ । चालु आर्थिक वर्ष २०८३-८४ मा व्यवसाय नवीकरण गर्दा सोही आर्थिक वर्षको असार मसान्तसम्म नवीकरण गर्ने व्यवसायलाई नवीकरण शुल्कमा २५ प्रतिशत छुट दिइनेछ । चालु आर्थिक वर्ष २०८३/८४ को सम्पती कर तिरेको प्रमाण पेस गरेमा सोही आर्थिक वर्षको सिफारिस दस्तुरमा १५ प्रतिशत छुट दिइनेछ । एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरूको समूह तथा महिला समूहद्वारा सञ्चालित व्यवसायको हकमा चालु आर्थिक वर्ष २०८३/८४ मा व्यवसाय दर्ता गर्दा दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइनेछ । ललितपुर महानगरपालिका क्षेत्रभित्र सम्पत्ति कर तिर्ने करदाताले सम्पती कर बुझाउँदा सम्बन्धित करदाता वा निजको श्रीमान/श्रीमतीले विद्युतीय (इलेक्ट्रिक) सवारी साधन खरिद गरेको ब्लुबुक पेस गरेमा चालु आर्थिक वर्ष २०८३/८४ को सम्पत्ति करमा १ प्रतिशत छुट दिइनेछ ।’

वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न महानगरले विद्युतीय सवारी साधन (इलेक्ट्रिक भेहिकल) प्रयोगकर्ताका लागि समेत विशेष योजना ल्याएको छ । सम्पती कर बुझाउँदा सम्बन्धित व्यक्ति वा निजको पति/पत्नीको नाममा रहेको विद्युतीय गाडीको ब्लूबुक पेश गरेमा चालु आर्थिक वर्षको सम्पती करमा थप १ प्रतिशत छुट उपलब्ध गराइने मेयर महर्जनले जानकारी दिनुभयो । म

हानगरले चालु आ.व. २०८२–०८३ मा कुल ६८.०० प्रतिशत खर्च भएको जनाएको छ । पुँजीगततर्फ ६०.४५ प्रतिशत, चालु खर्च ८३.२६ प्रतिशत, राजश्व संकलन ७५.३१ प्रतिशत, बेरुजु ०.४४ प्रतिशत(आ.व.२०८१–०८२ को लेखा परीक्षणबाट) वित्तीय जोखिम मूल्यांकन ९९.५अंक, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९३.५ अंक र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गरिएको मूल्यांकन ७६.३२ प्रतिशत रहेको महानगरले जनाएको छ । –न्युज एजेन्सी नेपाल