८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

कालिकोटमा बढ्दै एचआइभी सङ्क्रमित

कालिकोटमा बढ्दै एचआइभी सङ्क्रमित
फाइल फोटो
अ+ अ-

कालिकोट। पछिल्लो पटक कालिकोटमा एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।

कालिकोटस्थित एन्टि रेट्रोभाइरल थेरापी (एआरटी) का अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाइ आएका एचआइभी सङ्क्रमितको सङ्ख्या १८ रहेको छ । हालसम्म एचआइभी सङ्क्रमितको कूल दर्ता सङ्ख्या ७५ रहेको छ ।

जिल्लामा सबैभन्दा बढी सङ्क्रमित नरहरिनाथ गाउँपालिकाका रहेको शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार नरहरिनाथ गाउँपालिकामा ३२ जना सङ्क्रमित रहेका छन्, जसमा १३ पुरुष, १६ महिला, एक बालक र दुई बालिका रहेका छन् ।

खाँडाचक्रमा–१०, तिलागुफामा– तीन, रासकोटमा नगरपालिकामा–दुई शुभकालिका दुई, सान्नीत्रिवेणमा चार पचालझरनामा एक पलाँता गाउँपालिकामा तीन जना सङ्क्रमित रहेको फोकल पर्सन शाहीले बताउनुभयो ।

“जिल्लामा अहिले निःशुल्क एआरटी सेवा उपलब्ध गराउँदै आएको छ”,  उहाँले भन्नुभयो, “समयमै परीक्षण, नियमित औषधि सेवन र चिकित्सकीय परामर्शले सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था राम्रो राख्न महत्वपूर्ण भूमिका रहेको छ ।”

कालिकोटमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५७ पुग्नुले समुदायस्तरमै थप सतर्कता, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र कलंकमुक्त समाज निर्माणको आवश्यकता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।   रासस