३० असार २०८३, मंगलवार
,
Latest
बीमा दाबी प्रक्रिया र नियमनकारी क्षमतामाथि सांसद राणाको प्रश्न प्रधानमन्त्री बालेन्द्र साहलाई ‘श्री ८’ बनाउन खोजिएको कांग्रेसको आरोप लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही सिफारिस बीमा दाबी फर्स्यौटलाई ६ महिनाभित्र ल्याउने प्राधिकरणको प्रतिवद्धता आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स कतार भ्रमणअघि उपराष्ट्रपति यादवले राष्ट्रपतिसँग गरे भेट विद्युतीय राहदानी खरिद प्रकरणः अदालतमा विचाराधीन मुद्दामा संसदीय समितिमा बहस सरकारले मिडिया र राजनीतिक नेतृत्वको माथि त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्नुपर्दछः एमाले सांसद… सरकारले मन्त्री र नयाँ सांसदहरुको सम्पत्ति छानविन भनेर सम्पती छानविनको काममा पनि राजनीति गर्‍यो: ज्ञानबहादुर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मनाईयो आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती- फोटो फिचर



अ+ अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताउनुभएको छ ।

नेपाली शिक्षा परिषद् र भानु माध्यमिक विद्यालयले भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा आज आयोजना गरेको ‘भानु प्रतिमामा माल्यार्पण समारोह’मा उहाँले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गर्नुभएको उल्लेख गर्नुभयो ।

“जसरी पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गर्नुभयो, त्यसरी नै भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो”, उहाँले भन्नुभयो ।

उहाँले अहिलेको समयमा नेपालको ‘सफ्ट पावर’को रूपमा नेपाली भाषा, धर्म, संस्कृति र सभ्यता नै रहेको उल्लेख गर्नुभयो। संसारको जुनसुकै कुनामा रहेका नेपालीलाई पनि नेपाली भाषाले नै एक–अर्कासँग जोड्ने र आफ्नोपनको महसुस गराउने उहाँको भनाई थियो ।

मन्त्री खनालले भानुभक्त र घाँसीको प्रसङ्ग उल्लेख गर्दै समाजसेवा र देश निर्माणमा हरेक नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

“घाँसीले आफ्नो नाम रहोस् भन्ने भावनाले कुवा खनाएको जस्तै, हामीले पनि समाज र राष्ट्रका लागि केही न केही योगदान दिनुपर्छ”, उहाँले भन्नुभयो। तनहुँको चुँदीमा जन्मिनुभएका मन्त्री खनालले भानुभक्त आचार्यप्रति आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउनुभयो ।

उहाँले भानु जयन्तीले नेपाली भाषा र साहित्यको संरक्षणमा सधैँ प्रेरणा दिइरहने विश्वास व्यक्त गर्नुभयो। नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले भानु माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको भानुभक्तको प्रतिमा नेपालकै पहिलो प्रतिमा भएको बताउँदै यसको ऐतिहासिक महत्व रहेको उल्लेख गर्नुभयो ।

नेपाली शिक्षा परिषद्को अगुवाइमा विसं २०१६ असार २९ गते स्थापना भएको भानुभक्तको उक्त प्रतिमामा हरेक वर्ष माल्यार्पण गर्ने र भानु जयन्ती मनाउने गरिएको छ ।

विसं २०१६ मा स्थापना भएको उक्त प्रतिमाको तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले अनावरण गर्नुभएको थियो । रासस

तस्बिर:प्रदीपराज वन्त