२८ असार २०८३, आईतवार
,
Latest
तीन विद्यालयलाई शैक्षिक सहयोग पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन ‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक गणेश नेपाली मृत्यु प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन, विभिन्न क्षेत्रका कार्यक्रम प्रभावकारी बनाइने सुकुम्बासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतंक मच्चाएको आरोप शैक्षिक परामर्श नियमावली–२०८३ विरुद्ध व्यवसायी एकजुट, संशोधन नभए देशव्यापी आन्दोलनको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा आकस्मिक प्रदुषण परीक्षणः अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल



अ+ अ-

काठमाडाैँ । पोखरा महानगरपालिका-८ न्युरोड क्षेत्रमा चल्ने सवारी साधनमा आकस्मिक रुपमा प्रदुषण परीक्षण गरिएको छ । आईतवार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले प्रदुषण परीक्षण गरेको हो । परिक्षणको क्रममा अधिकांश सवारी साधान प्रदुषण परीक्षणमा फेल भएका छन् ।

टोलीले प्रदुषण मापन गर्ने उपकरणसहित सडकमै सवारीसाधनको परीक्षण गरेको थियो । ४० वटा सवारीसाधनमध्ये २२ वटाले तोकिएको मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गरेको भेटिएको हो । पोखरा नगरक्षेत्रमा सञ्चालन हुने सिटी बससहित डिजेल इन्जिनबाट चल्ने अन्य सवारीसाधनको परीक्षण गरिएको थियो ।

सो क्रममा आधाभन्दा बढी सवारीसाधनले स्वीकृत मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गरेको भेटिएपछि सबै सवारीलाई आवश्यक कानुनी कारबाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सवारीसाधनको नियमित मर्मतसम्भार गर्न र तोकिएको प्रदूषण मापदण्डको पालना गर्न चालक तथा व्यवसायीलाई निर्देशन समेत दिएको छ ।