२९ असार २०८३, सोमबार
,
Latest
मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको काँग्रेस सांसद गुरुङको आरोप सुकुम्बासी तथा भूमिहीनको व्यवस्थापनबको प्रगति विवरण ७ दिनभित्र बुझाउन सरकारलाई कानून समितिको निर्देशन मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गर्ने कार्यमा संलग्नलाई कारबारही गर्न संसदीय समितिद्वारा… संकटमा राज्यको शक्ति लाठीमा होइन, संयम र संवादमा हुनुपर्छः सुहाङ नेम्वाङ प्रेस स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासमा रास्वपा प्रतिवद्धः प्रमुख सचेतक बुर्लाकोटी सञ्चारमाध्यमको संख्या धेरै भयो, यसलाई व्यवस्थित गर्नुपर्छः उपनेता पराजुली ललितपुर महानगरपालिकाद्वारा करमा विशेष सहुलियत घोषणाः विद्युतीय सवारीधनीदेखि लक्षित वर्गसम्मलाई छुट बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण सङ्खुवासभाबाट गाँजासहित पक्राउ कालिकोटमा बढ्दै एचआइभी सङ्क्रमित
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने



अ+ अ-

काठमाडाैँ । बेलायतमा हुँदै आएको ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ (इनफा) को तेस्रो संस्करण यसवर्ष नेपालमा आयोजना हुने भएको छ । आगामी साउन ३० गते काठमाडौँमा अवार्ड समारोह आयोजना गरिने आयोजक संस्था इनफा इभेन्ट्स यूके र इनफा नेपालले जनाएको छ ।

अवार्डमा सहभागी चलचित्रमध्ये उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा अवार्ड निर्देशक मनिष कार्कीले विसं २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० चलचित्रमध्ये विभिन्न विधामा उत्कृष्ट पाँचमा छनोट भएका कलाकार तथा प्राविधिकलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो ।

अवार्डको निर्णायक समितिमा वरिष्ठ अभिनेता हरिहर शर्मा संयोजक तथा अभिनेत्री गौरी मल्ल, निर्देशक तथा कलाकार रमेश बुढाथोकी र सम्पादक एवं गीतकार करुण सदस्य रहनुभएको आयोजकले जनाएको छ । निर्णायक समितिका संयोजक हरिहर शर्माले निष्पक्ष मूल्याङ्कनका आधारमा निर्णय गरिएको बताउनुभयो । “हरेक अवार्डमा विजेता खुसी र छुट्ने पक्ष असन्तुष्ट हुन सक्छन् । तर हाम्रो समितिले कुनै पूर्वाग्रह नराखी विवेकपूर्ण र निष्पक्ष ढङ्गले निर्णय गरेको छ”, उहाँले भन्नुभयो ।

अवार्ड समारोहमा कूल ३२ विधामा पुरस्कार प्रदान गरिनेछ । दीर्घसाधना सम्मानबाट वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई रु एक लाख ११ हजार १११ नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह, अभिनेता भुवन केसी, प्रमोद अग्रहरि, अभिनेत्री जसिता गुरुङ, खुसी कार्की, उषा उप्रेती, निर्देशक कृषा चौलागाईं, पूर्णेन्दु झा, सुदिप्ता अधिकारीलगायत चलचित्रकर्मीको उपस्थिति थियो ।




भर्खरै