८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पुराणमा सिमित मोक्षमार्ग अब वागमती सरकारले ब्युँताउँदै

पुराणमा सिमित मोक्षमार्ग अब वागमती सरकारले ब्युँताउँदै
अ अ+ अ-

काठमाडौँ। करिव २ हजार ९ सय वर्षदेखि किंवदन्ती, पुराण र इतिहासका पानामा सिमित रहेको पौराणिक मोक्षमार्ग अब पुनर्जीवित हुने भएको छ ।

वागमती प्रदेश सरकारले शिव सर्किट परियोजना अघि बढाउँदै १० जिल्लाका ६४ प्राचीन शिवलिङ्गलाई एउटै धार्मिक सर्किटमा जोड्ने अभियान शुरु गरेको हो । डीपीआरअनुसार परियोजनाको कुल लागत १ खर्ब ९३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०८२–८३ मा सहरी विकास तथा भवन कार्यालय सिन्धुली, काठमाडौं र काभ्रेका लागि ४ करोड २० लाख बजेट विनियोजन गरी तीन गुणा स्रोत सहमति दिइएको छ । ती कार्यालयहरुबाट केही स्थानहरुमा नमूना कार्यक्रम कार्यान्वयन गर्नेगरी आवश्यक तयारी गरिएको छ ।

जसअन्तर्गत सिन्धुलीस्थित शिव सर्किटको प्रथम तपोभूमि यात्राको शुरुवात हुने बिन्दु आदिलिङ्ग कुशेश्वर महादेवमा ५ करोड ७६ लाख लागतको काम शुरु भएको अवस्था छ । दुम्जाको डीपीआर अनुसार करिब २४ करोड लागत अनुमान गरिएको छ ।

वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले प्रदेश सरकारले ६४ वटा शिवलिंग १० जिल्लामा लगेर पर्यटकीय माध्यमबाट बाटो बनाइरहेको बताउनु भयो । यसले पर्यटकीय माध्यमबाट आर्थिक, सामाजिक विकास हुने विश्वास व्यक्त गर्नुभयो । यो काम सम्पन्न गर्न केही समय लागे पनि यसले दीर्घकालीन पर्यटकीय सम्भावनाको ढोका खोल्ने बताउनु भयो । बजेट व्यवस्थापन गरेर कार्यान्वयनको चरणमा प्रदेश सरकार गइसकेको बताउनु भयो ।

आथिक वर्ष २०८३/८४ का लागि ७ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले ६३ किलोमिटर बाटो स्तरोन्नति गर्नसके १२ महिनै चल्ने बाटोको माध्यमबाट यात्रा गर्न सकिने बताउनु भयो । प्रदेश सरकारकाअनुसार शिव सर्किटमा काठमाडौं २४, ललितपुर १०, भक्तपुर ९, मकवानपुर ७, काभ्रेपलाञ्चोक ६, धादिङ ३, नुवाकोट ३, सिन्धुपाल्चोक २ तथा सिन्धुली र दोलखामा १–१ शिवालय समेटिएका छन् ।

आवास तथा शहरी विकास महाशाखाका प्रमुख भूपेन्द्रकुमार यादवले इन्जिनियरिङ तथा जीआईएस अध्ययनअनुसार सिन्धुलीको आदिलिङ्ग कुशेश्वरदेखि पशुपतिनाथसम्म सर्किटको कुल लम्बाइ ९५५.२७ किलोमिटर हुने बताउनु भयो । यसमध्ये ३४ किलोमिटर पुरानो पदमार्ग संरक्षण गरिनेछ भने ६३ किलोमिटर सडक स्तरोन्नति गरिने जानकारी दिनुभयो ।

यो सर्किट पूर्वाधार निर्माणको योजना मात्र नभएर स्कन्द पुराणको हिमवत्खण्डमा वर्णित करिब २९ सय वर्ष पुरानो मोक्षमार्गलाई पुनर्जीवित गर्ने प्रयास हो । पुराणअनुसार मातृगमनको महापाप र कुष्ठरोगबाट पीडित विरूपाक्षलाई ने मुनिले ६४ शिवलिङ्गको दर्शन गराउँदै पशुपतिनाथ पु¥याई पापमुक्त गराएको उल्लेख छ । यही महायात्राको पहिलो पाइला सिन्धुलीको सुनकोशी गाउँपालिका–१, नेपालथोक दुम्जास्थित आदिलिङ्ग कुशेश्वर महादेवबाट शुरु हुने धार्मिक विश्वास छ । प्राध्यापक दुर्गाप्रसाद दाहालले नेपालका ६४ ज्योतिर्लिङ्को परिक्रमा गर्दा कुशेश्वर महादेवबाट शुरु हुने बताउनु भयो ।

स्थानीय नहकुल कोईरालाकाअनुसार आदिलिङ्ग कुशेश्वरसँग अर्को रोचक जनविश्वास पनि जोडिएको छ । एक किसानकी कैली गाईले दैनिक कुशको झाडीमा दूध चढाउने गर्थिन् । पछि त्यही स्थानमा उत्खनन गर्दा आदिलिङ्ग प्रकट भएको विश्वास गरिन्छ । यही तपोभूमिमा भगवान् शिवले ब्रह्मालाई सृष्टिको ज्ञान दिनुभएको, मार्कण्डेय ऋषिले चिरञ्जीवी हुने वरदान पाएको र विश्वामित्रले गायत्री मन्त्रको उत्पत्ति गरेको धार्मिक मान्यता रहेको उहाँले बताउनु भयो ।

परियोजनाअन्तर्गत सडक, पदमार्ग, विश्रामस्थल र सूचना केन्द्र निर्माण गरिनेछ । शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख किरण कार्कीले स्थानीय ढुंगा, काठ, माटो र परम्परागत निर्माण सीप प्रयोग गर्दै ऐतिहासिक स्वरूप संरक्षण गरिने सरकारको योजना रहेको बताउनु भयो ।

परियोजना प्रभावकारी रूपमा कार्यान्वयन भए धार्मिक सम्पदाको संरक्षणसँगै धार्मिक पर्यटन प्रवद्र्धन, ग्रामीण विकास, स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा समेत उल्लेखनीय योगदान पुग्ने देखिन्छ । –न्युज एजेन्सी नेपा