२८ असार २०८३, आईतवार
,
Latest
हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन, विभिन्न क्षेत्रका कार्यक्रम प्रभावकारी बनाइने सुकुम्बासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतंक मच्चाएको आरोप शैक्षिक परामर्श नियमावली–२०८३ विरुद्ध व्यवसायी एकजुट, संशोधन नभए देशव्यापी आन्दोलनको चेतावनी नेपाली सेनाद्वारा घाइतको हवाई उद्धार पोखरामा आकस्मिक प्रदुषण परीक्षणः अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल लालपूर्जा तत्काल वितरण नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने सुकुम्बासी संगठनको चेतावनी मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका उजुरी दिनेको संख्या बढ्दोः चालु आर्थिक वर्षभित्र मात्रै ५ सय… दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र



अ+ अ-

बागलुङ। पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ ।

बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका– ९ फल्लेघरमा शनिबार बिहान सडक माथिदेखि झरेको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् । शुक्रबार साँझ नै ढोरपाटन पुगे पर्यटक फर्किन पाएका छैनन् भने बिदामा घुम्न हिँडेका पर्यटक फल्लेघरमै अलपत्र परेका हुन् ।

मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा धेरै यात्रु सडकमै अलपत्र परेको उहाँको भनाइ छ ।

त्वातीले भन्नुभयो, “बिहानदेखि सडक अवरुद्ध छ, अहिलेसम्म खुलेको छैन, सडक नखुल्दा ढोरपाटन जाने र फर्किने यात्रु समस्यामा परेका छन्, यद्यपि सडक खुलाउनका लागि मेसिन भने प्रयोग भइरहेको छ ।” ढोरपाटन घुम्न आउने पर्यटकलाई मौसम र सडकको अवस्था बुझेर मात्रै आउन उहाँले आग्रह गर्नु भयो । यो याममा ढोरपाटन आउने पर्यटकको घुइँचो नै लाग्ने गर्छ । रासस