२७ असार २०८३, शनिबार
,
Latest
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर स्वदेशमै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्टडी इन नेपाल’ शैक्षिक मेला शुरु राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन सिनामङ्गल–बानेश्वर क्षेत्रको वाग्मतीबाट दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तिब्रः ७५ प्रतिशत भौतिक प्रगति नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिनामङ्गल–बानेश्वर क्षेत्रको वाग्मतीबाट दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन



फाइल फोटो
अ+ अ-

काठमाडौँ। ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ६८७ औँ हप्तामा प्रवेश गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा न ९ र ३१ स्थित सिनामङ्गलबाट बानेश्वर क्याम्पसअघिको वाग्मती नदी किनारमा ६८७ औँ हप्ताको सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट जम्मा भएको नकुहिने दुई मेट्रिक टन फोहर महानगरपालिकाको वातावरण विभाग टेकुको ट्रकमा राखी व्यवस्थापन गरिएको अभियानकर्मी डा माला खरेलले राससलाई जानकारी दिनुभयो । कुहिने फोहर भने नदी किनारमा रोपिएका बिरुवालाई मल हुने गरी गाड्ने व्यवस्था मिलाइएको छ ।

सफाइमा स्थानीय सरकारका जनप्रतिनिधि, वाग्मती सफाइ अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीसहित गैरीगाउँ बानेश्वर क्याम्पस सानो फलामे पुल क्षेत्रका स्थानीयवासीको पनि सक्रिय सहभागिता थियो ।  सफाइका क्रममा महानगरपालिका–९ का सदस्य टेकराज अधिकारीले ल्याउनुभएको लप्सी र एभोकाडोको बिरुवा वाग्मती किनारमा रोपिएको छ ।

वाग्मती सफाइ अभियानकर्मी नारायणकुमार श्रेष्ठको शुक्रबार परेको जन्मदिनको उपलक्ष्यमा वाग्मती किनारमा लप्सीको बिरुवा रोपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा नदी किनारमा अभियानकर्मीले सफाइ गर्दै आएका छन् ।

यो सफाइ अभियान जाडो, गर्मी, झरी, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि रोकिएको छैन । शनिबार जुनसुकै चाडपर्व परे पनि अभियानकर्मीले वाग्मती सफाइ भन रोक्दैनन् । रासस