२७ असार २०८३, शनिबार
,
Latest
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर स्वदेशमै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्टडी इन नेपाल’ शैक्षिक मेला शुरु राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन सिनामङ्गल–बानेश्वर क्षेत्रको वाग्मतीबाट दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तिब्रः ७५ प्रतिशत भौतिक प्रगति नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज



अ+ अ-

काठमाडौँ। पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेजी भएको जनाएको छ ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०८२÷८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो अवधिभित्र नवीकरण नगरेका ४४ वटा निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेजी भएको सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम स्वतः खारेज भएको सूचनामा उल्लेख गरिएको छ । मन्त्रालयले सोही ऐनको दफा ७ (४) प्रयोजनाको लागि मन्त्रालयको सचिवस्तरको गत असार १७ गतेको निर्णयानुसार सूचना प्रकाशन गरेर जानकारी दिएको हो । रासस