२७ असार २०८३, शनिबार
,
Latest
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर स्वदेशमै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्टडी इन नेपाल’ शैक्षिक मेला शुरु राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन सिनामङ्गल–बानेश्वर क्षेत्रको वाग्मतीबाट दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तिब्रः ७५ प्रतिशत भौतिक प्रगति नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प



डोनाल्ड ट्रम्प
अ+ अ-

दुबई। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूलाई हत्या गर्न खुला आह्वान गरिएको दाबी गर्दै इरानलाई कडा चेतावनी दिनुभएको छ ।

शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रथ सोसलमा ट्रम्पले यस्तो अभिव्यक्ति सार्वजनिक गर्नुभएको हो । उहाँको पछिल्लो भनाइले मध्यपूर्वमा पुनःतनाव बढ्नसक्ने सङ्केत गरेको छ ।

यसअघि अमेरिका र इरानबीच केही दिनसम्म सैन्य आक्रमण र जवाफी कारबाही भएका थिए, जसले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको थियो ।

ट्रम्पले आफ्नो सन्देशमा इरानविरुद्ध एक हजार क्षेप्यास्त्र तयारी अवस्थामा रहेको दाबी गर्दै इरानी सरकारले आफूविरुद्ध कुनै पनि प्रकारको आक्रमण वा धम्कीलाई कार्यान्वयन गरेमा तत्काल थप हजारौँ क्षेप्यास्त्र प्रहार गरिने चेतावनी दिनुभएको छ ।

उहाँले अमेरिकी सेनाले आवश्यक परे इरानका सबै क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्ने दाबीसमेत गर्नुभएको छ ।   (रासस/एपी)