८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६ करोड रुपैयाँ निकासा

आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६ करोड रुपैयाँ निकासा
अ अ+ अ-

काठमाडौँ। नेपालमा आर्थिक वर्षको अन्तिम समय असारमा आएर विकासे पैसा खर्च गर्ने परम्परा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले पनि निरन्तरता दिएको छ ।

३–३ जना अर्थमन्त्रीले बजेट खर्च गर्दा समेत चालु आर्थिक वर्ष २०८२–८३ जम्मा ७९.०४ प्रतिशत मात्र बजेट खर्च भएको छ । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

जुन बजेट पूर्वअर्थ सचिव समेत रहेका र विज्ञ अर्थमन्त्री रामेश्वर खनालले र त्यसपछि अर्थमन्त्री बनेका अर्थ विज्ञ डा. स्वर्णिम वाग्लेले समेत बजेट खर्च गरे । तर पनि बजेट खर्च भने १२ खर्ब १२ अर्ब ८ करोड ८७ लाख रुपैयाँ मात्र रहेको छ ।

सरकारले अन्तिम समयमा आएर खर्च हुने परम्परा कम गर्न आर्थिक वर्ष सकिनुको एक हप्ता अगाडि बजेट खर्च गर्न नपाइने व्यवस्था गरेको छ । लेखा नियन्त्रकको कार्यालयले बिहीवारबाटै सर्कुलर गरेर बजेट खर्च गर्न रोक लगाइसकेको छ । आजबाट सरकारी खाता एक हप्ताका लागि बन्द हुन्छ ।

चालु आर्थिक वर्षमा भने पुँजीगततर्फ भने मात्र ४४.५१ प्रतिशत मात्र खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा सरकारले भने १ खर्ब ८१ अर्ब ५६ करोड ४१ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।

यता चालुतर्फ भने केही बढी खर्च गरेको देखिएको छ । चालुतर्फ आर्थिक वर्षमा ८८.३ प्रतिशत बजेट खर्च भएको नियन्त्रकको कार्यालयले जनाएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा १० खर्ब ४२ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ ।
वित्तीय व्यवस्थापन भने ९०.८ प्रतिशत रहेको छ । वित्तीय व्यवस्थापनको लक्ष ३ खर्ब ७५ खर्ब २४ करोड २० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्षको अन्तिमसम्ममा ३ खर्ब ४० अर्ब ७२ करोड ३९ लाख रुपैयाँ हरेको छ ।

असारमा मात्रै ११ प्रतिशत खर्च

बालेन्द्र सकारको अर्थ विज्ञ अर्थमन्त्रीले समेत अन्तिम समय अर्थात असारमा मात्र पूरै ११.१३ प्रतिशत बजेट खर्च गरेका छन्। जेठ मसान्तसम्ममा पूरै बजेटको ६९.५६ प्रतिशत बजेट खर्च भएकोमा आर्थिक वर्षको अन्तिम खर्च गर्ने दिनसम्म ७९.०४ प्रतिशत बजेट खर्च भएको छ ।

यो एक महिनाको अवधिमा मात्र २ खर्ब १८ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बजेट खर्च भएको नियन्त्रकको कार्यालयले जनाएको छ । अन्तिम समयमा खर्च हुने पुँजीगततर्फको बजेट हेर्ने हो भने त झनै भयावह देखिन्छ । एक महिनामा मात्र करिव २१ प्रतिशत पुँजीगत खर्च भएको छ । जेठ मसान्तसम्ममा पुँजीगत खर्च १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख (२३.५३ प्रतिशत) रहेकोमा एक महिनामा मात्र पुँजीगत ४८ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ (२०.९८ प्रतिशत) खर्च भएको छ ।

चालुतर्फ भने केही कम खर्च भएको छ । चालुतर्फ एक महिनामा ११.३९ प्रतिशत बजेट खर्च भएको नियन्त्रकको कार्यालयले जनाएको छ । जेठ मसान्तसम्ममा चालुतर्फ ९ खर्ब ८ अर्ब २६ करोड ८१ लाख रुपैयाँ (७६.९१ प्रतिशत) खर्च भएकोमा असारमा मात्र १ खर्ब ३४ अर्ब ५८ करोड ८ लाख रुपैयाँ खर्च भएको छ ।

एकै दिन ३३ अर्ब १६ करोड बजेट खर्च

सरकारी खाता चल्ने अन्तिम दिन मात्र बजेटको ठूलो खर्च भएको छ । बिहीवार मात्र एकै दिन सरकारी खाताबाट ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । जसमा पुँजीगत १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ छ भने चालुतर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ भने एकै दिनमा २ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ रहेको छ ।–न्युज एजेन्सी नेपाल