• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

विषालू च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी



रुपन्देही । विषालू च्याउ खाँदा रुपन्देहीमा एकै परिवारका नौ जना बिरामी परेका छन्। बुधबार साँझ घर नजिकैको बाँसघारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेका हुन्।

सम्मरीमाई गाउँपालिका ६, नगवलियाका ७५ वर्षीया रोशनी यादव, ७३ वर्षीया रामपुजन यादव, ५० वर्षीया चन्द्रमती यादव, ४० वर्षीया गीता यादव र ईश्वरवति यादव, ३३ वर्षीया मञ्जु यादव, १८ वर्षीया सीमा यादव, १४ वर्षीया रोमा यादव र १० वर्षीया आशिष यादव छन्।

च्याउ खाएपछि राति १० बजेतिर उनिहरुलाई बान्ता हुने, पेट दुख्ने समस्या देखिएपछि अस्पताल ल्याइएको उनीहरुका आफन्त अयोध्या यादवले जानकारी दिए। बिरामीहरुको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको उनले बताए।

‘सोही बाँसघारीमा उम्रिएको च्याउ केही दिन पहिला खाँदा कुनै समस्या देखिएको थिएन। तर हिजो खाँदा समस्या देखियो। हामीले तुरुन्त अस्पताल ल्याएकाले कुनै अप्रिय घटना हुन पाएन’, उनले भने।