२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने



अ+ अ-

काठमाडाैँ । उच्च शिक्षाका लागि विद्यार्थीहरु धमाधम विदेशिने क्रम बढिरहँदा काठमाडौंमा स्वदेशी शैक्षिक संस्था र कोर्सहरुको प्रवद्र्धनका लागि शैक्षिक मेला हुने भएको छ ।

नेपालमा पनि विदेशी कलेजका कोर्सहरु उच्च गुणस्तरीय रुपमा पढाइ हुन्छ भन्ने विश्वास दिलाउन भिजन मिडिया इन्कर्पोरेसन, एजुकेसन डट कम र अनुपम एकेडेमीको संयुक्त आयोजनामा शैक्षिक मेला हुने भएको हो । ‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने नारासहित १२ औं नेपाल हायर एजुकेसन फेयर, २०२६ यही असार २७ र २८ गते काठमाडौंमा आयोजना हुने भएको हो ।

बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै भिजन मिडिया इन्कर्पोरेसनले यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै भिजन मिडिया इन्कर्पोरेसनका निर्देशक तारामान रावलले  नेपालमै उपलब्ध उच्च शिक्षाका अवसरबारे विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष तथा विश्वसनीय जानकारी उपलब्ध गराउँदै स्वदेशी उच्च शिक्षाप्रति सकारात्मक धारणा विकास गर्नु रहेको बताउनुभयो ।

उहाँका अनुसार मेलामा व्यवस्थापन, सूचना प्रविधि, इन्जिनियरिङ, चिकित्सा तथा स्वास्थ्य विज्ञान, आतिथ्य, एभिएसन, मानविकी, कानून, शिक्षा र विज्ञानलगायत विषयका स्नातक तथा स्नातकोत्तर कार्यक्रमबारे जानकारी दिइनेछ ।

सहभागिलाई निःशुल्क शैक्षिक तथा करियर परामर्शसमेत उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । निर्देशक रावलले मेलामा एमबीबीएस, बीईरबीटेक, बीआर्क, बीसीए, बीआईटी, बीआईटीएम, बीबीए, बीबीएम, बीबीएस, बीएचएम, बीटीटीएम, बीएससी सीएसआईटी, एमबीए, एमबीएस, एमएससीआईटीलगायत अध्ययन कार्यक्रमबारे जानकारी प्रदान गरिने बताउनु भयो ।

उहाँले विद्यार्थी, अभिभावक, शिक्षक, शैक्षिक परामर्शदाता तथा सरोकारवालालाई मेलामा सहभागी भई नेपालमै उपलब्ध उच्च शिक्षाका अवसरबारे जानकारी लिन समेत आग्रह गर्नुभयो ।