८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेपाल–सीमामा घर फर्किनेको घुइँचो

नेपाल–सीमामा घर फर्किनेको घुइँचो
अ अ+ अ-

राँझा । भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको नेपालगञ्ज सीमानाकामा घुइँचो लाग्ने गरेको छ । भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली नेपालगञ्ज नाका भएर अहिले दैनिक एक हजारभन्दा बढी नेपाल फर्किने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए ।

उनका अनुसार, सीमावर्ती भारतीय बजार रुपैडिहाबाट बिहानैदेखि घर फर्किने नेपालीको लर्को लाग्ने गरेको छ । उनीहरु टाँगा, रिक्सा र पैदल हिँड्दै पनि नेपाल भित्रिने गरेका छन् । यसबाहेक भारतका विभिन्न शहरबाट नेपालमा सञ्चालन भइरहेका सीधा बस सेवामा समेत घर फर्किने यात्रुको चाप रहेको छ । नेपालगञ्जबाट दिल्लीको लागि नेपाल–भारतमैत्री बस सेवा सञ्चालन गर्दै आएको भेरी यातायात प्रालि नेपालगञ्जका अध्यक्ष राजेन्द्र गिरीले अहिले दिल्लीबाट नेपाल फर्किने बस यात्रुले भरिभराउ हुने गरेको बताए ।

भारतका अन्य शहरबाट नेपालको दाङ, कपिलवस्तु, बुटवललगायतका स्थानमा सञ्चालन हुने सीधा बस सेवामा समेत अहिले यात्रुको चाप बढिरहेको उ नको भनाइ छ । नेपाल प्रहरीले भारतबाट घर फर्किने नेपालीको सहयोगका लागि जमुनाहा नाकामा सहायताकक्ष स्थापना गरेको छ । भारतीय सवारी साधनबाट रुपैडिहा आइपुगेका नेपालीको सहयोगका लागि सादा पोशाकका प्रहरी परिचालन गरिएको प्रहरी नायब निरीक्षक रिजालले जानकारी दिए ।

घर फर्किने नेपालीहरु रिक्सा, टाँगावालाबाट ठगिन नदिन नेपालगञ्ज बसपार्कसम्म सुरक्षितरुपमा पठाउने व्यवस्था मिलाइएको उहाँको दाबी छ । होटलमा ठगिन र लुटिनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै परामर्शसमेत दिने गरेको रिजालको भनाइ छ । भारतको सिमलाबाट घर फर्किदै गरेका सल्यान बनघार कुपिण्डे नगरपालिकाका नरबहादुर सुनारले सीमानाकामा नेपाली प्रहरीले राम्रो व्यवहार गरेको बताए । आफूहरु सजिलैसँग नेपालगञ्ज पुगेको उनले जानकारी दिए ।

रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली दशैँ पर्व मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सिमानानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि प्रदेश नं ५ र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

दशैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजक बनाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराइएको समेत उनले जानकारी दिए ।