१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर एक जनाको मृत्यु



अ+ अ-

बनियानी । झापाको कमल गाउँपालिका–३ स्थित केरखामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा वडा नं १ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै करेन्ट लागेर उनकी श्रीमती ६१ वर्षीय पम्फादेवी चौलागाईं घाइते भएकी छन् । आज बिहान आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन्ट लागेर चौलागाईं दम्पति घाइते भएका थिए । घाइते विष्णुप्रसादलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पम्फादेवीको सोही अस्पतालमा उपचार भइरहेको छ ।