१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्वको समयमा विशेष सुरक्षा सतर्कता



अ+ अ-

रुपन्देही । प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुहरुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै शनिबार बुटवलको बसपार्क क्षेत्रमा अनुगमन गरेको छ ।

चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको अगुवाइमा प्रहरी र सरोकारवालाहरुको समन्वयमा बसपार्क क्षेत्रमा सवारी जाँच र अनुगमन गरिएको हो । दशैँका समयमा पुख्र्यौली घर फर्किने यात्रुहरुको यात्रा सहज होस् भन्ने उद्देश्यले बसपार्कमा सवारी साधनको उपलब्धता, काउण्टरले प्रदान गरेको सेवा, बसमा सवार यात्रुहरुको अवस्थाबारे जाँच र अनुगमन गरिएको समितिका संयोजक तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।

समितिले दशैँ, तिहार, छठलगायतका चाडपर्वका समयमा हुने सवारी साधन एवं सवारीको चापलाई ध्यानमा राखी सुरक्षित यात्राको व्यवस्था मिलाउन यात्रु, चालक, सवारीधनी एवं आम नागरिकमा अपिलसमेत गरेको उहाँले बताउनुभयो । अनुगमनका क्रममा कतिपय यात्रुहरुले समयमा गाडी नछुटेको, एउटै सिटमा दोहोरो टिकट दिएको, गाडी नम्बर उल्लेख नगरी टिकट दिँदा समस्या भएको गुनासो गरेको समितिका संयोजक खरेलले बताउनुभयो ।

यसैबीच विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरेर रुपन्देही प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा योजना मजबुत पारिएको प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा आपराधिक गतिविधि हुनसक्ने भएकाले विशेष सुरक्षा सतर्कता अपनाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । “सर्वसाधारण ठगिने, लुटिने र रमाइलोका नाममा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, जुवातास खेल्नेजस्ता क्रियाकलाप हुन सक्छन्, त्यसको नियन्त्रणका लागि प्रहरी सतर्क छ ।” इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले भन्नुभयो ।