• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक ★   संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने ★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक

पहिरोपीडितलाई घर हस्तान्तरण



म्याग्दी । प्रवासीहरुको सहयोगमा जलजला गाउँपालिकाका पहिरोपीडितहरुको घर पुनःनिर्माण भएको छ । अन्तरराष्ट्रिय पर्वत समाजको सहयोगमा पुनःनिर्माण भएका तीन वटा घर शनिबार एक समारोहका बीच पीडितलाई हस्तान्तरण गरिएको छ ।

वडा नं ८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा नं ७ धाइरिङका भीमलाल आचार्यको घर निर्माणमा समाजले सहयोग गरेको हो । समाजका अध्यक्ष पुरन गिरी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, उपाध्यक्ष सीमा गर्बुजा पुनले घरको शिलालेख अनावरण गरेर घर हस्तान्तरण गर्नुभएको थियो ।

समाजले सिमेन्ट, जस्तापाता, रड, ब्लक, बालुवालगायत निर्माण सामग्री खरीद गर्न सहयोग गरेको हो । रु नौ लाख सहयोग गर्ने सम्झौता भएकामा रु १४ लाख १९ हजार ४३५ खर्च भएको वडाध्यक्ष हरिविकास जिसीले बताउनुभयो ।

समाजले प्रतिपरिवार थप रु एक÷एक लाख सहयोग उपलब्ध गराउने जनाएको छ । निर्माण सामग्री पाएपछि थप लगानी गरेर घर बनाएको पहिरोपीडित वुद्धि परियारले बताउनुभयो । दुईकोठे भवन र शौचालयसहितको घर बनाइएको हो ।

यसअघि पोखराको असल छिमेकी नेपालको रु ७९ लाख २८ हजार सहयोगमा बेरनेतामा १७, लस्तिमा सात र मिलनचोकमा एक वडा घर पुनःनिर्माण गरेर हस्तान्तरण भइसकेको छ । विसं २०७५ साउन १ गतेको बाढीपहिरोले २५ घरमा क्षति पुगेको थियो भने एक जनाको ज्यान गएको थियो । घर पुनःनिर्माण भएपछि आफन्तकहाँ र डेरामा बस्नुपर्ने समस्या हटेकोमा पीडितहरुले खुशी व्यक्त गरेका छन् । केही पीडित त्रिपालको टहरा बनाएर बस्दै आएका थिए ।