८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पहिरोपीडितलाई घर हस्तान्तरण

पहिरोपीडितलाई घर हस्तान्तरण
अ अ+ अ-

म्याग्दी । प्रवासीहरुको सहयोगमा जलजला गाउँपालिकाका पहिरोपीडितहरुको घर पुनःनिर्माण भएको छ । अन्तरराष्ट्रिय पर्वत समाजको सहयोगमा पुनःनिर्माण भएका तीन वटा घर शनिबार एक समारोहका बीच पीडितलाई हस्तान्तरण गरिएको छ ।

वडा नं ८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा नं ७ धाइरिङका भीमलाल आचार्यको घर निर्माणमा समाजले सहयोग गरेको हो । समाजका अध्यक्ष पुरन गिरी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, उपाध्यक्ष सीमा गर्बुजा पुनले घरको शिलालेख अनावरण गरेर घर हस्तान्तरण गर्नुभएको थियो ।

समाजले सिमेन्ट, जस्तापाता, रड, ब्लक, बालुवालगायत निर्माण सामग्री खरीद गर्न सहयोग गरेको हो । रु नौ लाख सहयोग गर्ने सम्झौता भएकामा रु १४ लाख १९ हजार ४३५ खर्च भएको वडाध्यक्ष हरिविकास जिसीले बताउनुभयो ।

समाजले प्रतिपरिवार थप रु एक÷एक लाख सहयोग उपलब्ध गराउने जनाएको छ । निर्माण सामग्री पाएपछि थप लगानी गरेर घर बनाएको पहिरोपीडित वुद्धि परियारले बताउनुभयो । दुईकोठे भवन र शौचालयसहितको घर बनाइएको हो ।

यसअघि पोखराको असल छिमेकी नेपालको रु ७९ लाख २८ हजार सहयोगमा बेरनेतामा १७, लस्तिमा सात र मिलनचोकमा एक वडा घर पुनःनिर्माण गरेर हस्तान्तरण भइसकेको छ । विसं २०७५ साउन १ गतेको बाढीपहिरोले २५ घरमा क्षति पुगेको थियो भने एक जनाको ज्यान गएको थियो । घर पुनःनिर्माण भएपछि आफन्तकहाँ र डेरामा बस्नुपर्ने समस्या हटेकोमा पीडितहरुले खुशी व्यक्त गरेका छन् । केही पीडित त्रिपालको टहरा बनाएर बस्दै आएका थिए ।