८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय

दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दशैँ मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी समुदाय वर्षात्का बेला मजदुरी नपाउँदा बेखर्ची भएका छन् । महाकाली नदीले छाडेको बगरमा तीन दशकदेखि बस्दै आएका बादी समुदायले मजदुरी नगरे चुल्होमा आगो बल्दैन ।

महाकाली नदीको बगरमा बालुवा चाल्ने, गिट्टी सङ्कलन गर्ने र कृषि मजदुरका रूपमा कार्य गरी बादी समुदायले जीविका चलाउँदै आएका छन् । भारतीय सीमा सुरक्षा बलले नदीमा बालुवा, गिट्टी चालेर बेच्ने कार्य रोक्न थालेपछि जीविका चलाउँदै आएको स्रोतसमेत खोसिन थालेपछि बेखर्ची भएको राधिका रानाले बताउनुभयो ।

जुन ठाउँमा जे मजदुरी पाउँछौँ । त्यसबाटै साँझ बिहानको खर्च मुस्किलले जुटेको छ उहाँले भन्नुभयो, “दशैँ आएको छ, मिठोमसिनो खाने, नयाँ लुगा किन्ने क्षमता नै छैन ।” बादी बस्तीका गज्जो राना दशैँका लागि धेरै ठाउँमा कर्जा खोज्न गए पनि नपाएको बताउनुहुन्छ । हिउँदमा मजदुरी गरेर कर्जा तिर्छु भनेर धेरै ठाउँमा पुगे, कतैबाट पनि कर्जा पाइएन उहाँले भन्नुभयो, “तिर्ने आधार केहो भनेर खोध्छन् कसैले पनि कर्जा दिन मानेका छैनन् ।”

“मिठोमसिनो खाने, परिवारका लागि नयाँ लुगा किन्ने, वर्षमा एकपटक भए पनि मासु खाने इच्छा दशैँजस्तो चाडपर्वमा कसलाई हँुदैन । त्यो हाम्रो पनि थियो । इच्छामै सीमित भएको छ”, उहाँले भन्नुभयो ।

वर्षमा एकपटक किनेको लुगासमेत फाट्न लागेको छ । नयाँ किन्न सक्दैनौँ केशव रानाले भन्नुभयो, “टालटुल गरेर लगाउन विवश छौँ ।” बस्ती नजिकैका गाउँमा दशैँको रौनकताले छपक्कै ढाकेको भए पनि बादी बस्तीका बासिन्दा भने दशैँ के गरेर बनाउने भन्ने पीरलोमै बस्न बाध्य छन् । जनप्रतिनिधि आएपछि केही व्यवस्था हुन्छ कि भनेर आशामा बसेका बादी समुदायले बस्नका लागि गतिलो घरसमेत पाएका छैनन् । झोपडीमा त्रिपाल राखेर वर्षौदेखि बादी समुदाय त्यस ठाउँमा बस्दै आए पनि सुख दुःख सोध्ने कोही छैन ।

जनप्रतिनिधि बस्दै आएको ठाउँ भएकाले छाडन बारम्बार भन्दै आएपछि बादी समुदाय झनै चिन्तित भएको छ । बस्तीमा बस्दै आएको ३५ वर्ष बढी हुन थालेको छ जस्मा रानाले भन्नुभयो, “सँगै बसेका अन्य समुदायका जग्गा दर्ता भई जग्गाधनी प्रमाण पुर्जा हात पारेका छन् । सोर्सफोर्सवालाहरूका लागि जे पनि हुन्छ यहाँ । हामीसँग केही छैन, केही भएको छैन ।”

साँझ बिहानको छाक टार्न धौधौ पर्ने समुदायले वर्षौदेखि बस्दै आएको जग्गा छाड्न भने बेघर बनाउने षड्यन्त्र हुन थालेपछि यसका विरुद्ध सङ्घर्ष उत्रिने बेला आएको बादी समुदायका बासिन्दाले बताउनुभयो । “चाडपर्व पनि हुनेखानेका लागि रहेछ । समाजमा पछाडि पारिएको, आर्थिकरूपमा विपन्न, समाजको शोषणमा परेको समुदाय भए पनि अझै न्याय पाउन सकेका छैनौँ, पुन्टे रानाले भन्नुभयो ।

बस्तीका धेरै परिवारका व्यक्ति वर्षौदेखि बिरामी भएका छन् । आर्थिक अभावले उपचार नपाउँदा झोपडीमै बस्न बाध्य छन् । बालबालिकाको विद्यालयको खर्च जुटाउन नसक्दा अभिभावकहरूले बीचमै विद्यालय छुटाएर आफूसँगै मजदुरी गर्नका लागि लग्ने गरेका छन् ।

बस्दै आएको जग्गा नापजाँच गरी बस्नका लागि सुरक्षित आवासको व्यवस्था गरी दिन बादी समुदायले माग गरेका छन् । रोजगारीका अवसरहरूसमेत प्रदान गरी सहज जीवनयापन गर्ने वातावरण कायम गरिदिन सरकारसँग उहाँहरूको माग छ । बस्तीमा २५ परिवार बादी समुदायको बसोबास रहेको छ ।