१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगदसहित आठ जुवाडे पक्राउ



अ+ अ-

राँझा । दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, उनीहरुलाई जुवाखालसहित रु ९० हजारभन्दा बढी रकमसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

चाडपर्वलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरले आपराधिक गतिविधि नियन्त्रण गर्नतर्फ लागेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो ।