१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग



अ+ अ-

काठमाडौँ । लामो समयदेखि कलेजोको क्यान्सर भएकी बालिकालाई आर्थिक सहयोग गरिएको छ । महाङ्काल खेलकूद विकास समितिले लामो समयदेखि कलेजको क्यान्सरबाट पीडित चन्द्रागिरि नगरपालिका–७ बस्ने आयुषा बजगाईंलाई रु ४२ हजार १०५ आर्थिक सहयोग गरेको हो ।

विजयादशमी तथा शुभ दीपावलीका अवसरमा शुरु भएको ब्याटमिन्टन प्रतियोगिताको अवसर पारेर समितिका अध्यक्ष देवेन्द्र महतले क्यान्सर पीडित आयुषाका बुबा साधुराम बजगाईंलाई आज बिहान उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा अध्यक्ष महतले मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि समितिका तर्फबाट सहयोग गरेको बताउनुभयो । “आगामी दिनमा पनि समितिले गरीब, दुःखीका लागि यस्तो सहयोग गर्नेछौँ”, उहाँले भन्नुभयो ।

महाङ्काल खेलकूद समितीले विभिन्न अवसर पारेर खेलकूद र सामाजिक कार्य गर्दै आइरहेको छ । उक्त समितिको अगुवाइमा हाल एक करोड बराबर लागतमा चन्द्रागिरिमा कभर्ड हल निर्माण गर्न लागिएको छ ।