• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक ★   संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने ★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक

तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित



भद्रपुर । तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार सम्मान गरिएको छ ।

साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उहाँ सम्मानित हुनुभएको हो । सम्मानमा प्रमाणपत्रसहित उहाँलाई रु ११ हजार नगद प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराईले मिर्गौला पीडित श्रीमान् शिवप्रसाद रिजालको असामयिक निधनपछि अनेक दुःखकष्ट सहेर आफ्ना नाबालक तीन छोराको लालनपालन गरी सामाजिक संस्कारसँगै शिक्षादीक्षा दिएर प्रतिष्ठित तथा आर्थिक सवल बनाउन सफल भएको हुँदा उहाँलाई आइतबार शनिश्चरेमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको बताउनुभयो ।

मायादेवीका सन्तानमध्ये जेठा राजनप्रसाद र माइला भक्तराज यतिखेर सरकारी जागीरमा आबद्ध छन् भने कान्छा छोरा पनि जागीरका लागि तयारी गरिरहेका छन् । समाजमा स्थापित हुन छोराछोरीलाई अभिप्रेरित गरिरहेका एकल आमालाई विगत आठ वर्षदेखि प्रतिष्ठानले सम्मान गर्दै आएको अध्यक्ष भट्टराईले बताउनुभयो । सम्मानबाट यसअघि आठ जना सम्मानित भइसकेका छन् ।