१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित



अ+ अ-

भद्रपुर । तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार सम्मान गरिएको छ ।

साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उहाँ सम्मानित हुनुभएको हो । सम्मानमा प्रमाणपत्रसहित उहाँलाई रु ११ हजार नगद प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराईले मिर्गौला पीडित श्रीमान् शिवप्रसाद रिजालको असामयिक निधनपछि अनेक दुःखकष्ट सहेर आफ्ना नाबालक तीन छोराको लालनपालन गरी सामाजिक संस्कारसँगै शिक्षादीक्षा दिएर प्रतिष्ठित तथा आर्थिक सवल बनाउन सफल भएको हुँदा उहाँलाई आइतबार शनिश्चरेमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको बताउनुभयो ।

मायादेवीका सन्तानमध्ये जेठा राजनप्रसाद र माइला भक्तराज यतिखेर सरकारी जागीरमा आबद्ध छन् भने कान्छा छोरा पनि जागीरका लागि तयारी गरिरहेका छन् । समाजमा स्थापित हुन छोराछोरीलाई अभिप्रेरित गरिरहेका एकल आमालाई विगत आठ वर्षदेखि प्रतिष्ठानले सम्मान गर्दै आएको अध्यक्ष भट्टराईले बताउनुभयो । सम्मानबाट यसअघि आठ जना सम्मानित भइसकेका छन् ।