![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । उक्त गाउँपालिका–३ का ४० वर्षीय बुधई खवासको गए राति करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
![](https://newspolar.com/wp-content/uploads/2019/07/Death__.jpg)
स्थानीय दुर्गा मन्दिरमा बिजुलीको काम गर्ने क्रममा उनलाई सोमबार साँझ करेन्ट लागेको थियो । उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।