२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लगानीको वातावरणमा सुधार भइरहेको छ– ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषदका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा श्रम तथा सामाजिक सुरक्षा सम्बन्धी कानुन तथा नीतिगत व्यवस्थाका कारण लगानीको वातावरणमा पनि सुधार भइरहेको बताउनुभएको छ ।

उहाँले यी कानुनहरुका कारण पछिल्लो समयमा देशमा रोजगारदाता एवम् श्रमिकबीचको सम्बन्ध राम्रो हुदै गएको र यसले दिगो औद्योगिक विकास र श्रम सम्बन्धमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो ।

नेदरल्याण्डको हेगमा मङ्गलबार आयोजित श्रम तथा सामाजिक सम्वादसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई नेपालका तर्फबाट सम्बोधन गर्दै उहाँले रोजगारदाताहरु, श्रमिक, ट्रेड युनियन र नेपाल सरकारसँगको लामो तथा आवश्यक परामर्शबाट प्राप्त भएका यी नीति तथा कानुनहरुले देशमा रोजगारदाताहरुका साथै श्रमिक र ट्रेड युनियनका बीचको सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउन सहयोग पुर्याएको अनुभव सुनाउनुभयो ।

दशकभन्दा लामो द्धन्द्धपछि जारी भएको नयाँ संविधान र शान्ति प्रक्रियासँगै नेपालले देशमा आर्थिक विकासका प्रयासहरु थालेको र नेपाली उद्यमीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघको विशेष पहलमा श्रमका साथै सामाजिक सुरक्षासम्बन्धी नयाँ कानुनहरु प्राप्त गरेको प्रसंग उहाँले उल्लेख गर्नुभयो ।

नेपालमा एक जना राष्ट्रिय उद्यमी समेत रहेका ढकालले लामो समयको राजनीतिक अस्थिरतासँगै हाल नेपालमा करिब दुई तिहाई बहुमत समर्थनसहितको स्थीर सरकार बनेकोले औद्योगिक विकास र लगानीको वातावरण सिर्जना भएको बताउनुभयो ।

उत्पादकत्व विकास र यसमार्फत समग्र देशको आर्थिक विकासका लागि कुनै पनि उद्योगमा दिगो औद्योगिक शान्तिको वातावरण विकास हुनु जरुरी रहेको र यी सबै कार्यका लागि रोजगादरदाता र श्रमिकका बीचको सम्बन्ध सौहार्द हुनु जरुरी रहेको उहाँको भनाई थियो ।

नेपाल उद्योग वाणिज्य महासंघमार्फत नेपालका उद्यमीहरुले सामाजिक सम्वादका माध्यमबाट यो वातावरण सिर्जना गरी दिगो औद्योगिक शान्ति कायम गर्ने पक्षमा काम गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।

प्राकृतिक स्रोत र सम्पदाले सम्पन्न देश नेपालमा पर्यटन, जलविद्युत, कृषि उद्यमशिलता, पूर्वाधार विकास लगायतका कैयौँ क्षेत्रहरुमा प्रचुर सम्भावनाहरु रहेका छन् भन्दै नेपालमा राजनीतिक स्थिरतासँगै लगानीको वातावरणमा सकारात्मक सुधार हुदै गएको चर्चा गर्दै नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा एक उद्यमीका हैसियतले विश्वका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह पनि गर्नुभयो ।

नेपालको उद्योग क्षेत्रको इतिहास त्यति लामो नभएको र नेपालमा विसं २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनासँगै निजी क्षेत्रको विकास, देशले बहुदलीय राजनीतिक व्यवस्था अंगालेसँगै आर्थिक विकासमा निजी क्षेत्रको प्रतिश्पर्धालाई आत्मसात गरिएको प्रसंग उहाँले उल्लेख गर्नुभयो ।

औद्योगिक सम्बन्ध र श्रम सम्बन्ध नेपालमा औद्योगिक र आर्थिक विकासका लागि अत्यावश्यक विषय हुन् भन्दै उपाध्यक्ष ढकालले यसका लागि आवश्यक सामाजिक सम्वादको महत्वमा पनि जोड दिनुभयो ।

नेपालमा केही समयअघि पारित श्रम एवम् सामाजिक सुरक्षासम्बन्धी ऐन कानुनहरुले श्रमिकहरुका हक अधिकारहरु स्थापित र सुरक्षा गर्न तथा सामाजिक सम्वादको माध्यमबाट श्रम सम्बन्धको विकास गर्न सहयोग पुर्याउने धारणा पनि राख्नुभयो ।

नेपाल प्राकृतिक सुन्दरता र विविधताले सम्पन्न रहेसँगै विकासका सम्भावनाहरु पनि असंख्य रहेको तर विविध खाले पछ्यौटेपनका कारण समयानुकुल आर्थिक र प्राविधिक विकास गर्न नसकिएको उहाँले बताउनुभयो ।

गएका केही दशकहरुमा नेपालको आर्थिक बृद्धिदर अति न्युन रहेकोमा सन् २०१६ सम्ममा नेपालको आर्थिक बृद्धिदर औषतमा ४ प्रतिशतमा आएको प्रसंग उल्लेख गर्दै कुल ग्राहस्थ्य उत्पादनमा पछिल्लो समयमा नेपालमा सुधार भएको र सन् २०१८ मा नेपालको आर्थिक बृद्धि दर ६.९ प्रतिशत पुगेको सो सम्बोधनका क्रममा उहाँले बताउनुभयो ।

नेपालको आर्थिक विकासको मेरुदण्ड कृषि नै रहेको उहाँको भनाई थियो । नेपालको आर्थिक विकासमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको र नेपाल सरकारले निजी क्षेत्रको यो योगदानको मूल्यांकन पनि गरेको महसुश नेपालको निजी क्षेत्रले पनि गरेको उहाँको भनाई थियो । नेपालको आर्थिक विकासमा निजी क्षेत्रको योगदान करिब ६० प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।

नेदरल्याण्डको ट्रेड युनियनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफएनभी नेदरल्याण्डद्धारा आयोजित सो सम्मेलनमा विश्वका विभिन्न देशका श्रममन्त्री, रोजगारदाता तथा ट्रेड युनियनका नेता तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

यस पटकको सम्मेलनमा नेपाल, पेरु र घानाको श्रम तथा ट्रेड युनियनसम्बन्धी अनुभवहरुलाई प्राथमिकता दिइएको ढकालले जानकारी दिनुभयो ।




भर्खरै