![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
बाँके । नेपाल प्रहरीले रु ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
![](https://newspolar.com/wp-content/uploads/2019/02/arrest-123_ADSaFngHT0-copy.png)
जुवा खेलिरहेका अरू तीन जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्रीका साथबाट रु ९८ हजार २०० नगद रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।