८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति

धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति
अ अ+ अ-

म्याग्दी। म्याग्दीको दरबाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ को धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड स्तरोन्नति सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित म्याग्दीको रणनीतिक महत्वको तथा प्राथमिकताप्राप्त सडक आयोजना हो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा हेरिएको बेनी-दरबाङ-धारापानी-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडासम्मको छ किलोमिटर सडकमा ढलान, कालोपत्र र ग्राभेलको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँले अन्तिम भुक्तानी र सामान्य मर्मतबाहेक योजनाका सबै काम सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार योजना निर्धारित समयमै सम्पन्न भएको हो ।

विसं २०८१ जेठ २० गते रामसागर विके–एसकेबिएस धौलागिरि जेभीसँग रु १४ करोड ६१ लाखमा ठेक्का सम्झौता भएको थियो । गौथली भिरलगायत स्थानमा एक हजार ७०० मिटर सडक ढलान गरिएको छ । सडकलाई आठ मिटर चौडा बनाइनुका साथै नाली र टेवा पर्खाल निर्माण गरिएको छ । यसअघि उक्त सडक चारदेखि पाँच मिटर मात्र चौडा थियो ।

धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले हाल ग्राभेल मात्र रहेको तीन किलोमिटरभन्दा बढी सडकलाई पनि कालोपत्र गर्न प्रदेश सरकारसँग पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मार्ग खुलेको १८ वर्षपछि भए पनि सडक स्तरोन्नति हुनु हाम्रो वडाका लागि सकारात्मक उपलब्धि हो । बजेट अभावका कारण कालोपत्र हुन नसकेको खण्डलाई पनि कालोपत्र गराउन प्रदेश सरकारसँग पहल गरेका छौँ ।”

धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँच वडाका बासिन्दाको प्रमुख आवागमन मार्ग हो ।

यसै सडक आयोजनाअन्तर्गत दरबाङ–धारापानी (सात किलोमिटर) र मच्छिम-मुना (चार किलोमिटर) खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र तथा ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भई अर्को योजना निर्माणाधीन रहेको म्याग्दी निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताउनुभयो ।

उहाँका अनुसार विसं २०८२ असारमा सम्झौता भएको उक्त योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीका मङ्गला  मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आवतजावत गर्दा करिब ७० किलोमिटर दूरी छोटिने भएकाले यस सडकलाई रणनीतिक महत्वको मानिएको उहाँले बताउनुभयो ।

धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि खोरिया, मरेनी, जलजला र ढोरपाटन हुँदै पूर्वी रुकुमको तकसेरासम्म जोड्ने सडक गत फागुनमा सञ्चालनमा आएको थियो । रासस