८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण
फाइल फोटो
अ अ+ अ-

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई ध्यानाकर्षण गराइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिले आज दुलेगौडामा मन्त्री लम्साललाई भेट गरी विगत केही वर्षदेखि अलपत्र रहेको दुई सडक निर्माणमा ध्यानाकर्षण गराएको हो । विगत केही वर्षदेखि अलपत्र रहेका दुई सडकका सन्दर्भमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रश्न उठ्दै आइरहेकाले तत्काल सडक निर्माण हुने वातावरण सिर्जना गरिदिन लम्सालको ध्यानाकर्षण गराइएको रास्वपा शुक्लागण्डकी नगर सभापति हरिबहादुर खड्काले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत निर्माणाधीन दुलेगौडा–हर्कपुर मोटरमार्ग विसं २०७६ कात्तिक ४ गते ठेक्का सम्झौता भई विसं २०७८ माघ १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि पटकपटक म्याद थप्दा पनि उल्लेखनीय प्रगति नभएको उल्लेख गरिएको छ ।

वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलोका कारण स्थानीयवासी, विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा यात्रुले दैनिक सास्ती खेप्नुपरेको भन्दै रास्वपाले हालको ठेक्का सम्झौता रद्द गरी ठेकेदारमाथि कानुनी कारबाही तथा जरिवाना गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाएर सडक निर्माण शीघ्र सम्पन्न गर्न माग गरेको छ ।

त्यसैगरी विश्व बैंकको सहयोगमा सञ्चालित दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति आयोजना रु २७ करोड ३४ लाख ७९ हजार  आठ सय ३४ लागतमा निर्माण भइरहेको उल्लेख गर्दै विसं २०८२ असार २३ गते सम्पन्न हुनुपर्ने आयोजना ठेकेदारको लापरबाहीका कारण अझै अलपत्र रहेको जनाएको छ ।

रास्वपाले उक्त आयोजनाको निर्माण तत्काल सुरु गराई निर्धारित समयमै सम्पन्न हुने वातावरण बनाउन सम्बन्धित निकायलाई निर्देशन दिन मन्त्रीसमक्ष आग्रह गरेको छ । रासस