८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग

मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग
अ अ+ अ-

काठमाडौँ। प्रतिपक्षी दलहरुले मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् ।

जनता समाजवादी पार्टी, नेपालको संसदीय दलले जनमत पार्टीका प्रदेश सभा सदस्यहरुलाई समेत साथमै राखेर गरेको पत्रकार सम्मेलनमा मधेस सरकारले ल्याएको बजेटलाई अव्यवहारिक, असन्तुलित, संघीयताको मर्मविपरित तथा नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको भएको आरोप लगाएको हो । बजेट पुनर्लेखन गरी प्रदेश गौरवका योजनालाई समावेश नगरे बजेट कार्यान्वयन हुन नदिने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

जसपा नेपालका प्रदेश सभा सदस्य एवं पूर्व मुख्यमन्त्री लालबाबु राउतले सरकारले विधिसम्मत प्रक्रिया अवलम्वन नगरी आग्रह–पूर्वाग्रहका आधारमा बजेट ल्याएको आरोप लगाउनु भयो । उहाँले बजेट निर्माणमा कानूनी प्रक्रिया पालना नगरिएको भन्दै यस्तो बजेट आफूहरूले स्वीकार गर्न नसक्ने स्पष्ट गर्नुभयो ।

जसपा नेपालका अर्का प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा समानुपातिक रूपमा बजेट विनियोजन हुनुपर्ने माग गर्नुभयो । सशर्त, समपूरक र विशेष अनुदान वितरणको आधार स्पष्ट गरिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेपनि संघीयताको मर्म विपरित ल्याइएको यो असन्तुलित बजेट स्वीकार्य नहुने बताउनु भयो ।

जनमत पार्टीको संसदीय दलका नेता चन्दन सिंहले यो बजेट संघीयता विरोधी रहेको आरोप लगाउनु भयो । उहाँले काँग्रेस, एमाले र नेकपा शुरुदेखि नै संघीयता विरोधी क्रियाकलापमा संलग्न दल रहेको आरोप लगाउनु हुँदै कृष्णयादव नेतृत्वको सरकारले यसको पुष्टी गरिरहेको दावी गर्नुभयो ।

पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्यहरु उपेन्द्र महतो र सञ्जय यादवले बजेटमा देखिएका त्रुटीहरु औँल्याउनुभएको थियो । उहाँहरुले संघीयता स्थापनाका लागि लामो संघर्ष भएको स्मरण गराउँदै मुख्यमन्त्रीले प्रदेशभरका आवश्यकतालाई नजरअन्दाज गरी बजेटलाई एक जिल्लामा सिमित गरेको आरोप लगाउनु भयो । –न्युज एजेन्सी नेपाल