२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज



अ+ अ-

मुस्ताङ। गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’ अन्तर्गत यहाँको घरपझोङ गाउँपालिकामा निर्माणाधीन चक्रपथसम्पन्न भएसँगै आवागमन सहज भएको छ ।

पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको घरपझोङ चक्रपथ सडक आयोजना सात वर्षमा निर्माण सम्पन्न भएको हो । घरपझोङ गाउँपालिकाअन्तर्गत सदरमुकाम जोमसोम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै पुनः जोमसोम जोड्ने १० दशमलव पाँच किलोमिटरको चक्रपथको हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनुभयो ।

विसं २०७७ माघसम्म निर्माण सम्पन्न गर्रेगरी विसं २०७६ असार २६ गते ठेक्का सम्झौता भएको थियो । कोभिड माहामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिलासुस्तीलगायत कारणले काम सम्पन्न हुने नसकेको उहाँले उल्लेख गर्नुभयो ।

सुरुआती ठेक्का सम्झौता अवधि डेढ वर्ष तोकिए पनि पटकपटक म्याद थप गरी सात वर्षमा निर्माण सम्पन्न भएको हो । इन्जिनीयर पाण्डेका अनुसार उक्त चक्रपथ रु २१ करोड ३५ लाख ६१ हजार लागतमा बन्दन भगवती जलजला जेभी कन्ट्रक्सनले निर्माण गरेको हो । दश दशमलव पाँच किमीमध्ये पाँच दशमलव पाँच किमी सडक ‘प्रिमिक्स’ प्रविधिबाट कालोपत्र गरिएको जनाउँदै बाँकी ग्राभेल गरिएको उहाँले बताउँनुभयो ।

यसैबीच, निर्माण कम्पनीले ट्राफिक सङ्केतका चिह्न अङ्कित खम्बा गाड्ने, नाली सफा गर्ने, सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना न्यूनीकरणका लागि बार लगाउनेलगायतका कार्य सम्पन्न भइसकेका इन्जिनियर पाण्डेले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकलाई जोड्ने गरी घरपझोङ गाउँपालिकास्थित कालिगण्डकी पारिका ओझेलमा परेका गाउँ जोड्ने गरी चक्रपथ निर्माण गरिएको । पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

घरपझोङ गाउँपालिकाका पाच वटै वडा जोड्ने चक्रपथ निर्माणले स्थानीय नागरिकलाई सदरमुकाम जोमसोम आउन जान सहज भएको घरपझोङ-५ का वडाध्यक्ष प्रदीप थकालीले बताउनुभयो । उहाँका अनुसार यसअघि कालिगण्डकी पारिका गाउँमा सडकको पहुँच नहुँदा उत्पादित कृषिउपजको बजारीकरणमा समस्या आएको थियो ।

यसैगरी घरपझोङ चक्रपथ सडकअन्तर्गत जोमसोमबाट ढुम्बातालसम्म कालोपत्र विस्तार गरिएपछि मुक्तिनाथ दर्शन गरी फर्किएका पर्यटकलाई आवागमनमा सहज भएका वडाध्यक्ष थकालीले बताउनुभयो । “सडक स्तरोन्नतिसँगै मुक्तिनाथ हुँदै ढुम्बातालको अवलोकन गर्न आएका पर्यटकका लागि यातायातको सुविधा विस्तार भएको छ । यसले पर्यटन प्रवर्द्धन गर्ने विश्वास छ”, उहाँले भन्नुभयो । रासस